पाकिस्तान हिस्रिक्कै, भारतको ७ विकेटले जीत

IMG-20250915-WA0001

दुबई: भारतले एशिया कप क्रिकेट टुर्नामेण्टमा ग्रुप ए-को म्याचमा पाकिस्तानविरुद्ध ७ विकेटले जीत हासिल गऱ्यो। टुनमिण्टमा आफ्नो दोस्रो म्याच खेलिरहेको भारतीय टीमले आज पाकिस्तानलाई शीर उठाउने मौका नै दिएन। दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनायो। भारतीय स्पिनर कुलदीप यादवले फेरि एकपल्ट असाधारण बलिंग गरेर विपक्षी टीमलाई दबाउमा पारे। जवाफमा भारतले १५.५ ओभरमै ३ विकेटमा १३१ रन बनाए म्याच जित्यो। यस जीतको साथ भारत दुईवटा म्याचमा ४ पोइण्ट्सको साथ ग्रुप ए-को शीर्ष स्थानमा पुग्यो। यसरी पाकिस्तान दुईवटा म्याचमा दुई अंकको साथ दोस्रो स्थानमा रहेको छ। भारतलाई आइतवार एकतर्फी जीत दिलाउनमा ओपनर अभिषेक शर्माले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनले केवल १३ बलमा ४ वटा चौका र २ वटा छक्काको साथ ३१ रन बनाएर टीमलाई तेज शुरुवात दिलाए। यसबाहेक कप्तान सूर्यकुमार यादवले अविजित ४७ र तिलक वर्माले ३१ रन बनाए। शुभमन गिल १० रन बनाएर आउट भए पनि अभिषेकले आक्रामक शट् खेल्न जारी राखे। अभिषेक आउट हुँदा भारतको स्कोर २ विकेटमा ४१ रन रहेको थियो। त्यहाँबाट सूर्यकुमारले तिलकसँग तेस्रो विकेटको निम्ति ५६ रनको पार्टनरशीप गरी टीमलाई जीतको नजिक पुऱ्याए। तिलकले ३१ बल खेलेर ३१ रन बनाए, जसमा २ वटा चौका र एउटा छक्का सामेल छ। तिलक आउट भएपछि सूर्यकुमार र शिवम दुबेले मिलेर टीमलाई जीत दिलाए। कप्तान सूर्यकुमारले ३७ बल खेलेर ५ वटा चौका र एउटा छक्काको सहायताले अविजित ४७ रन बनाए। यसरी दुबे १० रनमा अविजित रहे। पाकिस्तानका बलरहरूमा सईम अयूबले ३ विकेट हासिल गरे।
यसअघि म्याचमा जितेर पहिला ब्याटिंग गर्दै शीर्ष क्रमको निराशाजनक प्रदर्शनले गर्दा पाकिस्तानले चाहेको जति रन बनाउन सकेन। शीर्ष क्रममा एकमात्र ओपनर साहिबजादा फरहानले क्रीजमा डटेर लड़ाइँ गरे। उनले ४४ बलको सामना गरेर ३ वटा छक्का र एउटा चौकाको साथ ४० रन बनाए। यसबाहेक शीर्ष क्रमका अधिकांश ब्याटर नै ५ रनभित्र आउट भए। पेस बलर शाहिन शाह अफरीदीले नवौं नम्बरमा ओर्लिएर अविजित ३३ रन नबनाएको भए पाकिस्तानलाई सम्मानजनक स्कोरसम्म पुऱ्याए। अफरीदीले १६ बल खेलेर ४ वटा छक्का लगाए। भारतीय बलरहरूमा चाइनाम्यान कुलदीप यादवले ४ ओभरमा केवल १८ रन खर्च गरी सर्वाधिक ३ विकेट लिए। यसबाहेक जसप्रीत बुमराह र अक्षर पटेलले पनि २-२ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement