गेजिङ: गेजिङ जिल्लाअन्तर्गत सार्दोङ लुनजिक ग्राम पञ्चायत यूनिटका पञ्चायत अध्यक्ष राजेन गुरूङको असमायिक निधनप्रति मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो शोक प्रकट गरेका छन्। उल्लेखनीय छ, पैह्रोको चपेटमा परि पञ्चायत प्रतिनिधि गुरुङ गम्भीररूपमा घाइते भएका थिए। उपचारको क्रममा मृत्यु भएको हो। मुख्यमन्त्री तामाङले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिका लागि प्रार्थना गरेका छन्। स्वर्गीय गुरुङले जनताप्रति देखाएको निःस्वार्थ सेवा र सामाजिक योगदानलाई सधैँ स्मरण गरिने बताए। मुख्यमन्त्री तामाङले उनको समाज र राज्यप्रतिको योगदान सदैव राज्यले स्मरण गर्ने बताउँदै राज्य सरकार र सिक्किमे जनताको तर्फबाट यस दुखद क्षतिको घडिमा शोकसन्तप्त परिवारसँग ऐक्यबद्धता व्यक्त गरेकाछन्।