पाण्डाम फुटबल एकादमी र रिनाक क्वार्टर फाइनलमा

IMG-20250914-WA0160

पाकिम: पाकिम जिल्ला फुटवल एसोसिएसनद्वारा सेन्ट जेभिर्यस स्कूल खेल मैदानमा आयोजन गरिएको अण्डर-१६ फुटबल प्रतियोगिताको छेटौं दिनको अवसरमा रिनाक स्पोर्टिङ क्लब बनाम रिनाक रंगेली स्पोर्टस एसोसिएशनबीच सम्पन्न भयो। जसमा रिनाक रंगेली स्पोर्टस एसोसिएशनले शून्यकोविरूद् तीन गोल गरेर अघिलो चरणमा स्थान सुरक्षित गर्न सफल बनेको छ। उक्त खेलमा सुमिरन छेत्रीलाई म्यान अफ् द म्याच घोषित गरियो। यसरी नै छेटौ दिनको खेल माझीटार स्पोर्टिङ क्लब बनाम पाण्डाम फुटबल एकादमीबीच सम्पन्न भएको थियो। जसमा पाण्डाम फुटबल एकादमीले २ गोलको विरूद्ध चार गोल गरेर अघिलो चऱणमा प्रवेश गरेको छ। यस खेलमा अनुप पौड्याललाई म्यान अफ् द म्याच घोषित गरियो। यस प्रतियोगिताको फाइनल खेल आगामी २७ सेप्टेम्बरको दिन हुनेछ। .

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement