गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज श्री कृष्ण प्रणामी मंगल धामको भ्रमण गर्दै राज्यको शान्ति एवं सम्वृद्धिको निम्ति प्रार्थना गरे। मुख्यमन्त्री तामाङले राज्यका जनताको शान्ति, कल्याण र सम्वृद्धिका लागि भगवान श्रीकृष्णको आशीर्वाद माग्दै मन्दिरमा प्रार्थना गरे। यस अवसरमा उनले भगवान श्रीकृष्णको दिव्य आशीर्वाद हामीमाथि सधैं कहोस्, भन्दै राज्यको प्रगतिको मार्ग निर्देशित गर्न आध्यात्मिक शक्तिको महत्त्व र सद्भावको महत्त्वमा जोड दिए।