गेजिङ: गेजिङ जिल्लाअन्तर्गत मानेबुङ-देन्ताममा अविरल वर्षाले भारी नोक्सान पुऱ्याएको छ। यसअन्तर्गत सोर्दुङ लुङजिक ग्राम पञ्चायत यूनिटमा पैह्रोको चपेटमा परि पञ्चायत अध्यक्ष राजेन गुरूङको मुत्यु भएको छ। गाउँलेहरूले बताएअनुसार भारी वर्षासँगै आएको भल पैह्रौ गोठतर्फ पस्न थालेपछि रोक्न बाहिर निस्किएका गुरुङ दुर्भाग्यवश घरभित्र नै पैह्रोको चपेटमा परेको थियो। उक्त घटनामा उनको मृत्यु भएको खबर छ। पैह्रोको चपेटमा परि गोठमा बाँधेको गाई समेत मरेको थाह लागेको छ। यस अवसरमा समाजसेवी एवं पञ्चायत अध्यक्ष राजेन गुरूङको म़ृत्यु भएपछि जनताले दुख जाहेर गरेको छ। सधैँ समर्पित र आत्मीय व्यवहारका धनी गुरूङको निधनले सम्पूर्ण क्षेत्र शोकाकूल बनेको छ। घटनापछि स्थानीय पुलिस, स्वास्थ्यकर्मी र गाउँलेहरूको अथक उद्धार कार्य अघि बढाएका थिए। यस घटनाले गाउँ मात्र नभएर सम्पूर्ण क्षेत्रलाई प्रभावित तुल्याएको छ। स्वार्गीय गुरूङ एक मेहनती, इमान्दार र सामाजिक चेतनाका प्रतीक थिए।