बाधित सड़क एसएसबीको सक्रियतामा खोलियो

IMG-20250914-WA0156

गान्तोक: गेजिङ जिल्लाअन्तर्गत मेल्ली आचिङ सडकमा रूख ढल्दा केही घण्टासम्म ट्राफिक समस्या उत्पन्न भएको थियो। यस घटनाको सूचना पाउनसाथ सश्स्त्र सिमा बलका ७२औं बटालियन कमाण्डेन्ट जय प्रकाशको नेतृत्वमा टोली घटनास्थलमा पुगेर सडक किनारमा डलेका रूखहरू हटाउने कार्य पूरा गऱ्यो। एसएसबीले केही घण्टा मेहनत गरेपछि सडकमा वाहनहरु सुचारूपमा सञ्चालन हुन सकेको छ। एसएसबी बटालियनको उक्त प्रशंसनीय प्रयासले स्थानीय प्रशासन, स्थानीयबासीहरूलाई धेरै सहयोग पुगेको छ। भारी वर्षा र प्रतिकूल मौसम रहे तापनि एसएसबीका जवानहरूले शीघ्र सडक खोलाउनमा गरेको प्रयासको सबैले प्रशंसा गरेका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement