सिलगढी: सिलगढीमा ट्रिनिटी कलेज अफ् लण्डनको ‘ट्रिनिटी डे २०२५’ पालन गरिएको छ। सिलगढीको एक होटेलमा आयोजित उक्त कार्यक्रममा ट्रिनिटी कलेज अफ् लण्डन अन्तर्गत अन्दान्ते स्कूल अफ् म्यजिक सालबारी सिलगढीका निर्देशक अभिषेक घहतराजको आयोजनामा सम्पन्न कार्यक्रमलाई क्षेत्रीय म्यानेजर ज्योतिका दास गुप्तले सञ्चालन गरेका थिए। कार्यक्रममा ट्रिनिटी कलेज अफ् लण्डन अन्तर्गत अल ईण्डियाका म्यानेजर सचिन दास, अञ्जली माटा र अकाडेमिक कोच डेल एडवर्ड्सले ट्रिनिटी कलेज अफ् लण्डन र म्युजिक विषयमा वक्तव्य राखेका थिए। कार्यक्रममा ट्रिनिटी कलेज अफ् लण्डन अन्तर्गत पर्ने विभिन्न स्थानहरुमा रहेका म्युजिक इन्स्टिच्युटका शिक्षकहरुका तर्फबाट प्रिसा तामाङले पाश्चात्य क्लासिकल संगीत, आशिष छेत्रीले पाश्चात्य क्लासिकल र नर्बु छिरिङ शेर्पाले रक एण्ड पो म्युजिक बजाएर प्रदर्शन गरेका थिए। कार्यक्रममा ट्रिनिटी कलेज अफ् लण्डन अन्तर्गत पर्ने विभिन्न म्युजिक इन्स्टिच्युटहरु क्रमैले कालेबुङ, सिलगढी, डुवर्स, खरसाङ, मिरिक, दार्जिलिङ लगायतका क्षेत्रहरुबाट म्युजिक शिक्षकहरु उपस्थित रहेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ट्रिनिटी कलेज अफ् लण्डन अन्तर्गत अल ईण्डियाका म्यानेजर सचिन दासले सिलगढी र वरिपरिका संगीतका शिक्षकहरुलाई लिएर म्युजिकल कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्। उनले शिक्षकहरुले वर्षभरि संगीत सिकाउने गर्ने र उनीहरुलाई बधाई दिन साथै अझ उनीहरूलाई अझ संगीतको ज्ञान प्रदान गर्नलाई यो कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्। उनले भारतभरि ३६ वटा शहरहरुमा ट्रिनिटी डे २०२५ आयोजना गरिएको जानकारी गराएका छन्। उनले यो कार्यक्रम शिक्षकहरुका कार्यलाई प्रशंसा गर्नलाई पनि आयोजना गरिएको बताउँदै यस कार्यक्रमले संगीत सिकाउने शिक्षकहरुलाई अझ धेरै हौसला मिल्ने र सहयोग हुने बताए। उनले १८७२ सालमा विश्वभरिमा ट्रिनिटी कलेज अफ् लण्डनले परीक्षा लिईरहेको र भारतको कोलकातामा प्रथमपल्ट १८८६ सालमा शुरु गरिएको जानकारी गराउँदै अब १४० वर्ष पुग्ने बताए। उनले भारतमा ट्रिनिटी कलेज अफ् लण्डनको तर्फबाट अन्तर्राष्ट्रिय रुपमा वेस्टर्न क्लासिकल सिकाएको जानकारी गराएका छन्।

यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आयोजकको तर्फबाट ट्रिनिटी कलेज अफ् लण्डन अन्तर्गत अन्दान्ते स्कूल अफ् म्यजिक सालबारी सिलगढीका निर्देशक अभिषेक घहतराजले यो कार्यक्रम ट्रिनिटी डे पालन गर्नलाई गरिएको र यो कार्यक्रम गत फरवरी महिनादेखि नै शुरु गरिएको र यसमा अहिले यो कार्यक्रम नर्थ बेंगालको सिलगढीमा आयोजना गरिएको जानकारी गराएका छन्।

उनले यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्धेश्य संगीत सिकाउने शिक्षकहरुको अतुलनीय योगदान र उहाँहरुले गरिरहेका कार्यको प्रशंसा गर्नु साथै धन्यवाद दिनलाई कार्यक्रम आयोजना गरिएको बताएका छन्। उनले ट्रिनिटी कलेजको परीक्षा कसरी गरिन्छ भन्ने विषयमा यहाँका मानिसहरूलाई जानकारी गराउन अतिथिहरुले गराएका छन्। कार्यक्रमको अतिथिहरुलाई ट्रिनिटी कलेज विषयमा जानकारी दिएकोमा आभार प्रकट गरेका छन्।