खरसाङको गोथल्स स्कूलमा सासंद राजु विष्ट

IMG-20250914-WA0130

मार्शल आर्ट्सले युवाहरूको मस्तिष्कलाई आकार प्रदान गर्न एक अर्थपूर्ण भूमिका निर्वाह गर्दछ: सांसद विष्ट

खरसाङ: दार्जीलिङका सासंद राजु विष्ट आइतवार खरसाङको एक प्रतिष्ठित विद्यालय गोथल्स मेमोरियल स्कूलमा आयोजित तेस्रो अन्तर-स्कूल ओपन कराटे च्याम्पियनशीपमा उपस्थित रहेका थिए। यस अवसरमा, यस स्कूलबाट अध्ययन पूरा गरेर आ-आफ्ना क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेका व्यक्तित्वहरू छिरिङ वाङ्चुक शेर्पा, जसलाई हालै भियतनामका लागि भारतका नयाँ राजदूत नियुक्त गरिएको छ, मेजर जेनेरल विजयध्वज राई (सेवानिवृत्त), दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका उच्च-पदस्थ गोर्खा सैनिकहरूको रूपमा यस स्कूलको विरासतको उत्सव मनाउने कार्य सम्पन्न भएको थियो।

विष्टले यस अवधि भने- मार्शल आर्ट्सले युवाहरूको मस्तिष्कलाई आकार प्रदान गर्न एक अर्थपूर्ण भूमिका निर्वाह गर्दछ। यसले युवाहरूमा आत्म-विश्वास, अनुशासन, ध्यान केन्द्रित गर्ने सामर्थ्य, र कड़ा परिश्रम गर्ने क्षमता विकासित गर्दछ। आजको यस्तो समयमा जब सर्वत्र स्मार्टफोन र सामाजिक सञ्जाल जस्ता ध्यान भट्काउने माध्यमहरूले युवाहरू ग्रस्त छन्, मार्शल आर्ट्सले उनीहरूको ऊर्जालाई सकारात्मक ढङ्गले सही दिशातर्फ डोऱ्याउने काम गर्दछ। यसले युवाहरूको मानसिक स्वास्थ्यलाई बढ़ाउँछ, उनीहरूलाई लागू पदार्थ तथा अन्य हानिकारक कुलतहरूबाट टाढ़ा राख्छ अनि एक जिम्मेवार सक्षम नागरिकको रूपमा विकसित गर्न मद्दत गर्छ।

तिनले अझ थपे- यसप्रकारका आयोजनहरूले फिट इण्डिया र नशा मुक्त भारत जस्ता राष्ट्रीय प्रयासहरूलाई दृढ़तासँग प्रतिध्वनित गर्दछ। विष्टले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारले युवा र खेलकूदलाई सहयोगमा उल्लेखनीय वृद्धि गरेको अवगत गराउँदै यसका लागि बजेट २०१४-१५ मा १,६४३ करोड़ रहेको थियो जो बढ़ेर २०२५-२६ का लागि ३,७९४ भएको अवगत गराए। विष्टले फिटनेस र नशामुक्त जीवनशैलीलाई बढ़ावा दिन “संसद खेल महोत्सव” को लागि पञ्जीकरण शुरु भइसकेको जनाउँदै हामीले एकल श्रेणीमा कराटेलाई पनि समावेश गरेका छौँ भन्दै म सबै कराटे खेलाडीहरू अनि अन्य सबै युवाहरूलाई यसमा भाग लिन अनि प्रतिस्पर्धा गर्न प्रोत्साहित गर्दछु भनी आह्वान गरे।

“संसद खेल महोत्सव” मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले आगामी दिनहरूमा आफ्ना प्रतिभा प्रदर्शित गर्नका लगी ठूला प्लेटफर्महरूमा भाग लिने अवसर पाउने अवगत गराउँदै तिनले यस्ता प्रतिभाहरूलाई अगाडि ल्याएकोमा सेनसेई सन्दीप प्रधान अनि मार्शल आर्ट्स एण्ड फिटनेस एकाडेमी साथै यस च्याम्पियनशीपको भव्य आयोजनाका लागि गोथल्स मेमोरियल स्कूललाई हार्दिक बधाई दिए औ यस उदात्त कार्यका लागि उनीहरूको सराहना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement