सात्विक-चिरागको जोड़ी फाइनलमा

IMG-20250913-WA0201

हङकङ: भारतका सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको जोड़ीले हङकङ ओपन सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टको फाइनलमा स्थान बनायो। सात्विक-चिरागको जोड़ीले शनिवार खेलिएको सेमिफाइनलमा चाइनीज ताइपेका बिंग वेई लिन र चेन चेंग कुआनको विश्वका नवौं नम्बरको जोड़ीलाई पराजित गऱ्यो। भारतीय जोड़ीले लिन-कुआनको जोड़ीलाई सीधा गेममा २१-१७, २१-१५-ले पराजित गऱ्यो। यसको साथै सात्विक-चिरागको जोड़ीले यस सीजनको पहिलो फाइनलमा स्थान बनायो। यसअघि उनीहरूले ६ पल्ट सेमिफाइनलमा हारको सामना गर्नु परेको थियो। फाइनलमा भारतीय जोड़ीको भिड़न्त चीनका लियाङ वेई केंग र वाङ चाङको जोड़ी तथा चाइनीज ताइपेका फाङ चिह ली र फाङ जिन ली-को जोड़ीबीच खेलिने दोस्रो सेमिफाइनलको विजेता जोड़ीसँग हुनेछ। यसरी भारतीय जोड़ीसँग यस साल आफ्नो पहिलो खिताब जित्ने अवसर रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement