गान्तोक: सिक्किम मरवाडी समाजको नवनिर्वाचित अध्यक्ष साजन अग्रवाललगायत कार्यकारी समितिका सदस्यहरूले आज राज्यपाल ओमप्रकाश माथुरसँग राज भवनमा शिष्टचार भेट गरे। भेटको क्रममा नवनिर्वाचित अध्यक्ष अग्रवालले राज्यपाललाई संस्थाको भावी योजना र कार्यक्रमबारे विस्तृतरूपमा अवगत गराए। राज्यपालले नवगठित मारवाडी समाजलाई बधाई दिँदै राज्यको विविध सांस्कृतिक सम्पदामा एकता र सद्भावको भावनालाई प्रमुखता दिएर काम गर्नुपर्ने सुझाउ दिए। राज्यपालले मारवाडी समाजले आफ्नो परम्परालाई जीवित राख्ने र राज्यको सांस्कृतिक एकतालाई सुदृढ गर्नमा योगदान पुऱ्याउने विश्वास व्यक्त गरे।