दमक फूटबल क्लब फाइनलमा पुग्न सफल

IMG-20250913-WA0189

पानीघट्टा: निरपानी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा दमक फूटबल क्लब (नेपाल)-ले फाइनलमा प्रवेश गऱ्यो। निरपानी हाई स्कूल खेल मैदानमा शनिवार भएको पहिलो सेमिफाइनल म्याचमा दमक फूटबल क्लबले कालेबुङको जर्जियन फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ५-३-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा जर्जियन एफसी-को तर्फबाट आइते राईले पाँचौंं मिनट अनि दमक एफसी-को तर्फबाट मिराक लिम्बुले ३७औं मिनटमा गोल गरे। दमक एफसी-का फरवर्ड मिराक लिम्बु ले प्लेयर अव् द म्याचको ट्रफी हासिल गरे। अब आइतवार खेलिने दोस्रो सेमिफाइनलमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) र युनाइटेड एफसी दार्जीलिङबीच भिड़न्त हुनेछ।

यसरी फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement