दार्जिलिङ: दार्जिलिङको साउथ फिल्ड कलेजमा आइसीसी समितिको आयोजनामा चलचित्र उत्सव सम्पन्न भयो। यस उत्सवमा कलेजकै तेस्रो सत्रका विद्यार्थीवर्गद्वारा निर्माण गरिएको आठवटा चलचित्रको प्रदर्शन गरियो जसमा चारवटा लघु चलचित्र अनि चारवटा वृत्तचित्र रहेको थियो। वर्तमान नयाँ शिक्षा प्रणाली अन्तर्गतको पाठ्यक्रममा विद्यार्थीवर्गले स्वेच्छाले चलचित्र अध्ययन विषय लिएर अध्ययन गर्ने गर्छन्। विद्यार्थीवर्गले स्वनिर्माण गरिएका यी आठवटा चलचित्रलाई आज प्रतियोगितात्मक रूपमा प्रदर्शन गरिएको थियो। जसम नेहा अनि साथीहरूद्वारा निर्देशित अनि अभिनित ‘भूल’ लघु चलचित्रले प्रथम स्थान प्राप्त गरे भने शिखा छेत्री अनि साथीहरूका ‘डालीगुम्बा’ वृत्तचित्रले दोस्रो स्थान प्राप्त गरे अनि सुकृति सुब्बा अनि साथीहरूद्वा निर्मित ‘दार्जिलिङ नगरपालिका’ वृत्तचित्र तेस्रो भए।

आजको यस कार्यक्रमलाई कलेजका आइक्यूएसी संयोजक प्रा. विशाल छेत्रीले अध्यक्षता गरेका थिए भने अतिथि निर्णायकको रूपमा हाम्रो पहाडको उदीयमान युवा निर्देशक सुजन लम्जेल उपस्थित थिए। यस चलचित्र उत्सव कार्यक्रममा प्रा. कुशल घिमिरेको विशेष योगदान रहेको थियो भने प्रा. विनोद प्रधान, प्रा. प्रशान्त गुरूङ, प्रा. ब्राइसन लेप्चा साथै कलेजका कर्मचारीद्वय प्रकाश छेत्री अनि सन्दिप छेत्रीको सहयोग रहेको थियो।

यस उत्सवको सञ्चालन योजना बस्नेत अनि रेडियन्स सिङ्ले गरेका थिए।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





