खरसाङ नगरपालिकाद्वारा पैह्रो सफा गरेर रोड खोलाउने कार्य

IMG-20250913-WA0165

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर ६ अनि वार्ड नम्बर १ डाक्टर अम्बेटकर बस्ती ( मुर्दाहट्टी), अप्पर नयाँ बस्ती जाने बाटो हिजोको मुसलधारे पानीले रोड नै बन्द भएको थियो। उक्त बन्द भएको रोड खोलाउन खरसाङ नगरपालिकाको पहलमा जेसीबी लगाएर खोल्ने कार्य सम्पन्न गरिएको छ। खरसाङको टिबी सेनीटोरियमको क्वाटर क्षेत्रबाट भल आएर वार्ड नम्बर ६ को बाटोको छेउका दुईवटा घरभित्र भल पसेर क्षति भएको थियो भने अप्पर शेर्पा बस्ती, अप्पर नयाँ बस्ती, टिबी सेनीटोरियम, अन्तिम संस्कार गरिने मुर्दाहट्टी (डाक्टर अम्बेडकर बस्ती) जाने मूल बाटो नै बन्द भएको थियो।

उक्त बन्द भएको रोडको आज खरसाङ नगरपालिकाको पहल एवं डेपुटी म्याजिस्टेट महकुमा कार्यालयको निगरानीमा उक्त क्षेत्रको बाटो एवं घरभित्र पसेका मैला सफा गर्न कार्य खरसाङ नगरपालिका पक्षबाट गरिएको छ। यस कार्यमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, वार्ड नम्बर ६ को पूर्व पार्षद सञ्जय मुखिया साथै नगरपालिकाको अधिकारीहरु र कर्मचारीहरु उपस्थित भएर सर सफाई साथै बाटो खोल्ने कार्य सम्पन्न गरिएको छ‌। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको‌ भाइस चेयरम्यान सुवास प्रधानले शुक्रबार परेको मुसलधारे पानीको कारणले खरसाङको नयाँ बस्ती, टिभी सेनिटोरियम जाने रोड बन्द हुनुको साथै दुईवटा घरलाई क्षति पुगेको र उक्त पैह्रोले वाधित रोड खोलाउन आज खरसाङ नगरपालिकाद्वारा जेसीबी लगाएर कार्य गरेको बताएका छन्।

उनले यस पैह्रो क्षेत्रको रिपोर्ट पूर्व नगर पार्षद सञ्जय मुखियाले रिपोर्ट दिएको साथै सभासद श्याम शेर्पाले पनि स्थलगत भ्रमण गरी रोड खोलाउने कार्य गरेको बताएका छन्। उनले यो रोड पैह्रोले बन्द भएपछि अन्तिम संस्कारको लागि शब लानु असुविधा भएर हनुमानको मूर्ति भएर लगेको बताउँदै यो रो‌ड मुख्य रोड भएकोले नगरपालिकाले घुमबाट जेसीबी बोलाएर रोड सफा गरेको जनाए। उनले अब हामी र सम्बन्धित विभाग बसेर यसको कार्य गर्ने पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement