खरसाङ: महानदी तीनधारे समष्टिको जोगमाया चियाबारीमा बीस प्रतिशतले बोनस वितरण गरिएको छ। बीस प्रतिशत दरले बोनस जोगमाया चियाबारीको श्रमिकहरुको खातामा पसेपछि हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन जोगमाया चियाबारी युनिटको पदाधिकारीहरु प्रबन्धकसित भेट गरेर धन्यवाद दिएका छन्। प्रबन्धकसित भेट गरेपछि बाहिर आएर पत्रकारहरुलाई सम्बोधन गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन जोगमाया चियाबारी युनिटको सचिव सुरज मंगरले बीस प्रतिशत बोनसको दरले बोनस दिएकोमा मालिक पक्षलाई धन्यवाद दिएका छन्। उनले बीस प्रतिशत बोनसको लागि जीटीए प्रमुख अनित थापाले पहल गरिदिएकोमा धन्यवाद दिएका छन् भने युनियन र मालिक पक्षलाई पनि धन्यवाद दिएका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





