लङभ्यू चिया बगानमा तेस्रो दिन पनि गेट मिटिङ जारी

IMG-20250913-WA0136

खरसाङ: खरसाङको लङभ्यू चिया बगानमा तेस्रो दिन पनि श्रमिकहरुले गेट मिटिङ जारी राखेका थिए। गत ६ सेप्टेम्बरको दिन श्रम विभागलाई पत्राचार गरेर कम्पनीले यस वर्षको बोनस केवल १० प्रतिशत गरेर दुई किस्तीमा दिने जनाएपछि हाल बगान स्तरमा श्रमिकहरूले गेट मिटिङ गरिरहेका छन्। सरकारले २० प्रतिशतको बोनस दिने एडभाइजरी जारी गरे तापनि लङ्भ्यू चियाबारीको मालिकले सो एडभाइजरीको अपमान गरेको भन्दै श्रमिकहरूले गेट मिटिङ जारी राखेका छन्।

तेस्रो दिनको गेट मिटिङलाई सम्बोधन गर्दै हिल प्लान्टेसन इम्प्लोइज युनियन प्रतिनिधि कमला थापा र जानुकी भुसालले २० प्रतिशत बोनसको छिनाफाना नभएसम्म गेट मिटिङ जारी रहने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement