गोर्खाल्याण्डको लागि हाई पावर टिम दिल्ली र कोलकोता पठाउनु पर्ने मांग गर्दै अजयले लेखे अनितलाई पत्र

IMG-20220922-WA0163.jpg

दार्जीलिङ: गोर्खाल्याण्डको लागि हाई पावर टोली शीघ्र दिल्ली र कोलकोता पठाउनु पर्ने मांग गर्दै हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले जीटीए चिफ् एक्जीक्युटिभ अनित थापालाई पत्र लेखेका छन्। गत १९ सेप्टेम्बरको दिन सम्पन्न भएको जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गर्ने कार्य भएपछि हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवर्ड लगायत अन्य सभासदहरूले जीटीए सभामा गोर्खाल्याण्ड प्रस्ताव पारित मात्र गरेर हुँदैन तर पारित गरिएको उक्त प्रस्ताव प्रधानमंत्री नरेन्द्र मोदी, केन्द्रीय गृहमंत्री अमित शाह,भाजपाको राष्ट्रीय अध्यक्ष जेपी नडडा,राज्यको मुख्यमंत्री ममता ब्यानर्जी आदिसंग भेटेर सुम्पनु पर्ने मांगहरू गर्दै आई रहेका छन्। यसै विषयमाथि हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डले जीटीए चिफ् अनित थापालाई पत्रचार गरेर जानकारी गराएका थिए। हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डले जीटीए मुख्यालय लालकोठीस्थित जीटीए चिफ् अनित थापाको कार्यालयमा एक पत्र पठाएका छन्। पत्रमा अजय एडवर्डले गोर्खाल्याण्ड प्रत्येक गोर्खाहरूको मुटुको ढुकढुकी हो अनि गत १९ सेप्टेम्बरको दिन सम्पन्न भएको जीटीए सभाको सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरियो। गोर्खाल्याण्डको प्रस्तावलाई हामी सबै सभासदहरूले अन्तरात्माबाट समर्थन गरेका थियौं अनि छौं तर गोर्खाल्याण्डको प्रस्ताव जीटीए सभामा मात्र पारित गरेर हुँदैन तर यसलाई कार्य रूप दिनुलाई हाई पावर टोली दिल्ली र कोलकोता पठाउनु पर्ने अनि राष्ट्रपति, प्रधानमंत्री, केन्द्रीय गृहमंत्री, राज्यकी मुख्यमंत्रीसंग पनि भेट गरेर उक्त प्रस्तावको प्रतिलिपि सुम्पनुपर्छ भन्ने पत्रमा मांग गरेको छ। यसको लागि दशैं तिहार पर्खिनु हुँदैन, अविलम्ब कदम उठाउनु पर्ने एडवर्डले आफ्नो पत्रमा उल्लेख गरेका छन्। हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डले अघि भने, १९ सेप्टेम्बरको जीटीए सभामा हामीले देशको संविधानभन्दा ठूलो कोही छैन भन्ने जानकारी गराउँदै राज्यको परिवहन मंत्रलयले भर्खरै जारी गरेको अधिसूचनामा जीटीएको सभासदहरूले आफ्नो गाडीमा नीलो बत्ती लगाउनु पाउँछ भन्ने कही कताई उल्लेख नरहेको तिनले बताए। पुलिस अधीक्षक,जिल्लाधिकारी, मंत्री मण्डलको मंत्रीहरू,जीटीए चिफ्ले लगाउँछ सक्छ किन भने उनी क्याबिनेट स्तरमा आउँछ तर अरूलाई नीलो बत्ती लगाउने अनुमति नरहेको एडवर्डले बताए। जारी गरिएको अधिसूचनामा नगरपार्षद, नगरपालिका चेयरम्यानहरूले लगाउँछ तर कुनै प्राकृतिक प्रकोप आएको समय उनीहरूले आफ्नो क्षेत्रभित्र लगाउन सक्छ भन्ने उल्लेख गरेको छ। जीटीए चीफ अनित थापाले आफ्नो गाडीमा नीलो बती लगाउन सक्छ तर उनले लगाएको छैन, अनित थापाले बारम्बार सि सिस्टमको कुराहरू गर्ने गर्छन् तर यहाँ अर्कै राज चलिरहेको हाम्रो पार्टी अध्यक्ष एंव सभासद एडवर्डले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *