दुबई: पाकिस्तानले एशिया कप टी२० क्रिकेट टुर्नामेण्टको ग्रुप ए-को म्याचमा ओमान विरुद्ध ९३ रनले जीतको साथ अभियान शुरु गऱ्यो। दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनायो। जवाफमा ओमानको टीम १६.४ ओभरमा केवल ६७ रन बनाएर अलआउट भयो। ओमानको निम्ति मोहम्मद मिर्जाले सर्वाधिक २७ रन बनाए। यसबाहेक आमिर कलीमले १३ र शकील अहमदले १० रनको योगदान दिए। पाकिस्तानका बलरहरूमा सईम अयूब, सुफियान मुकीम र फहीम अशरफले २-२ विकेट लिए। यसअघि पाकिस्तानले विकेटकीपर ब्याटर मोहम्मद हारिसको अर्द्धशतकको सहायताले चुनौतीपूर्ण स्कोर बनायो। हारिसले ४३ बल खेलेर ७ वटा चौका र ३ वटा छक्काको साथ ६६ रन बनाए। यसबाहेक शाहिबजादा फरहानले २९ र फखर जमानले अविजित २३ रन बनाए। ओमानका बलरहरूमा शाह फैसल र आमिर कलीमले ३-३ विकेट लिए।