स्वच्छतामाथि सचेतना कार्यक्रम सम्पन्न

IMG-20220922-WA0159.jpg

खरसाङ: स्वच्छ भारत अभियान अन्तर्गत विभिन्न माध्यमहरूबाट आफ्नो क्षेत्र अनि देशलाई स्वच्छ राख्न सबैले प्रयास गरिरहेका छन्। यसै क्रममा खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पञ्चायतद्वारा सस्प्रीङसाईड सार्वजनिक भवनमा स्वच्छतामाथि एक सचेतना कार्यक्रम आयोजना गरिएको छ। पाण्डु ग्राम पंचायत सचिव सागरराज छेत्रीद्वारा संचालित कार्यक्रममा विभिन्न श्रोत व्यक्तिहरूले स्वच्छता एवम् यसका उपायहरूबारे अवगत गराए।

कार्यक्रममा ग्राम पंचायत अन्तर्गत विभिन्न गाउँहरूबाट समाज प्रतिनिधिहरू, चियाबारीका प्रतिनिधिहरू, समाजिक कार्यकर्ताहरू तथा आइसीडीएस कर्मचारीहरू उपस्थित थिए। कार्यक्रममा क्षेत्रीय सभासद कल्पना प्रधानको विशेष उपस्थिति रहेको थियो भने उनको बाहुलीबाट महात्मा गान्धीको तस्वीरमा माल्य अर्पण अनि धूप-दीप प्रज्वलन गरेर कार्यक्रम शुरु गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement