रिम्बिक गाउॅंमा पैह्रो घटनाप्रतिमुख्यमन्त्रीद्वारा गहिरो दु:ख प्रकट

IMG-20240717-WA0003

गान्तोक: गेजिङ जिल्लाको अप्पर रिम्बिक गाउॅंमा पैह्रो गएर तीन जनाले आफ्नो ज्यान गुमाउनु परेको घटनाप्रति
मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो दु:ख व्यक्त गरेका छन्।
पैह्रोको चपेटमा परेर दुई जना गम्भीर घाइते भएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा उक्त घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। उनले सूचना पाउनसाथ जिल्लापाल र सम्बन्धित अधिकारीहरूसॅंग कुरा गरेको तथा उद्धार, राहत एवं पुनर्वास पहलहरूमा आफ्नो पूर्ण प्रयास समर्पित गर्न र हर सम्भव सहायता प्रदान गर्न निर्देश दिएको जानकारी गराएका छन्। उनले पीडित परिवारको सुरक्षा, कल्याण र समर्थन सरकारको उच्च प्राथमिकता रहेको बताएका छन्।
यसैगरी, हालैमा गेजिङ जिल्लाको थाङसिङमा पनि भारी वर्षाका कारण पैह्रो गएर एउटी ४५ वर्षीय महिलाले आफ्नो ज्यान गुमाएको र अन्य एक व्यक्ति घाइते भएको पनि मुख्यमन्त्रीले जानकारी गराएका छन्। घाइते व्यक्तिको हाल अस्पतालमा उपचार चलिरहेको छ। उनले यस दु:खद घडीमा शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले यस शोकमा ऐक्यबद्धता व्यक्त गर्दै उनीहरूलाई आवश्यक सबै सहयोगको आश्वासन दिएका छन्। यसैगरी, उनले दिवंगत आत्माको चिर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement