राज्यपालले विभिन्न ग्लेसियरहरुको अवस्थाबारे जायजा लिए

IMG-20250912-WA0123

गान्तोक: विज्ञान एवम प्रौदोगिकी विभागका मुख्य सचिव सन्दीप ताम्बे, मुख्य निर्देशक धिरान श्रेष्ठलगायत अन्य वरिष्ठ अधिकारीहरूले आज राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टचार भेट गरे। राज्यपालले अधिकारीहरूलाई हिमालय क्षेत्रहरूमा अवस्थित हिमनदी तथा झीलहरूको वर्तमान अवस्था सम्बन्धित जोखिमबारेमा जानकारी लिने उद्देश्यले बोलाएका थिए। भेटको क्रममा विभागका अधिकारीहरूले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा हालै राज्य सरकारका छ विभाग र सात केन्द्रीय संस्थाका विज्ञहरू सहित एक विशेष प्राविधिक टोली गठन गरिएको राज्यपाललाई जानकारी गराए। अध्ययन टोली हालै उच्च हिमाली क्षेत्रहरूमा विस्तृत अध्ययनबाट फर्किएको छ, जहाँ उनीहरूले खतरामा पर्न सक्ने झीलहरूको पहिचान गरेका छन्। टोलीले उक्त झीलहरूको निरन्तर अनुगमन, वैज्ञानिक विश्लेषण र सम्भावित प्रकोपलाई सम्बोधन गर्न आवश्यक तयारी गरिरहेको राज्यपाललाई बताए। राज्यपालले यस दिशामा केही महत्त्वपूर्ण सुझावहरू राख्दै आफ्नो तर्फबाट सकेसम्म धेरै सहयोग गर्ने आश्वासन दिएका छन्। उनले यो विषयलाई केन्द्रीय स्तरमा लैजानुपर्ने पनि बताए। उक्त संवेदनशील पर्यावरणीय मुद्दालाई राष्ट्रियस्तरमा पनि गम्भीरतापूर्वक लिन सकियोस् र आवश्यक स्रोत र सहयोग प्राप्त गर्न सकिने मन्तव्य प्रकट गरे। यसका साथै डा. कपुरले विभागद्वारा सञ्चालित विभिन्न पक्षहबारेमा पनि राज्यपाललाई जानकारी गराए। उनले सिक्किममा क्यान्सरको बढ्दो घटनाहरू, विशेष गरी ठूलो अलैंचीको घट्दो उत्पादनको सम्बन्धमा विभागद्वारा भइरहेको अनुसन्धान र प्रयासबारेमा विस्तृत जानकारी गराए। यस अवसरमा उत्तर जिल्लामा अवस्थित लोहनार्क झीलमा वर्ष वर्ष २०२३ मा आएको विनाशकारी बाढले धेरै क्षति पुऱ्याएको घटनालाई ध्यानमा राख्दै जोखिममा रहेका हिमनदी झीलहरूको वर्तमान अवस्थालाई ध्यानमा राख्दै भ्रमण गरेको विषयमा अध्ययन टोलीले राज्यपालसँग विस्तृतरूपमा छलफल गरे। डा. सन्दीपले राज्यपाललाई क्षेत्रीय प्रमाणीकरणको लागि उच्च जोखिममा रहेका हिमनदी झीलहरूको मूल्याङ्कन गर्न राज्य सरकारले गठन गरेको विशेषज्ञ टोलीबारेमा जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement