मुख्यमन्त्री तामाङले दिए बधाई अनि शुभकामना
गान्तोक: देशका नवनिर्वाचित १५औं उपराष्ट्रपति सीपी राधाकृष्णनले आज शपथ ग्रहण गरे। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले उपराष्ट्रपतिलाई राज्य सरकार र राज्यवासीको पक्षमा बधाई अनि सफल कार्यकालको शुभकामना दिएका छन्।
उपराष्ट्रपति राधाकृष्णनको नेतृत्वमा राष्ट्रले प्रगति, एकता र समावेशी विकासको नयाँ कोसेढुङ्गा हासिल गर्ने मुख्यमन्त्रीले विश्वास व्यक्त गरेका छन्। यसको साथै लोकन्त्र र राष्ट्रिय सद्भावनाको स्तम्भ अझ बलियो हुने पनि मुख्यमन्त्रीले आफ्नो शुभकामना संदेशमा आशा व्यक्त गेरका छन्। उल्लेखनीय छ, मुख्यमन्त्री तामाङलाई पनि उपराष्ट्रपतिको शपथ ग्रहण समारोहमा निम्तो आएको थियो। तर, पूर्वनिर्धारित जरुरी सरकारी कार्यक्रमको कारण आफू शपथ कार्यक्रममा सहभागी बन्न नसकेको मुख्यमन्त्रीले जानकारी गराएका छन्।