गोरामुमो द्वारा ३७औं गोर्खाल्याण्ड जनजागरण दिवस पालन

IMG-20220922-WA0160.jpg

जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गराउँदा हुनेवाला केही छैन: वाई लामा

दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको संस्थापक अध्यक्ष सुवास घिसिङले आजको दिन समस्त गोर्खा जातिको उन्मुक्तिको निम्ति टिस्टा भेल्ली सजनी डाँडामा अवस्थित दुर्गा मन्दिरमा पुजा आर्चना गरी गोर्खाल्याण्ड आन्दोलनको शंक घोष गरी गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति वृहत् जनाअन्दोलनको शुरूवात गरेका थिए। यसै दिनलाई स्मरण गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले यस दिनलाई गोर्खाल्याण्ड जनजागरण दिवसको रूपमा पालन गर्दै आएको छ। गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामाले टिस्टा भेल्ली सजनी डाँडामा आज पत्रकारहरुलाई सम्बोधन गर्दै भने, सुवास घिसिङ अनि तपाईं हाम्रो सपना पूरा गर्न हामी लागि परेका छौं, निरन्तर गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जाति र माटोको उन्मुक्तिको निम्ति कार्य गर्दै आइरहेको छ। अवश्य नै हामी लक्ष्यमा पुग्ने छौं र यसको निम्ति तपाईं हामी पार्टीभन्दा माथि उठेर कार्य गर्नुपर्छ। अध्यक्ष मन घिसिङले गोर्खा जातिको निम्ति निरन्तर कार्य गरिरहेका छन्। गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति हामी सही मार्गमा थियौं तर सोझै गोर्खाल्याण्ड ल्याउँछु भनेर पहाडमा जनतालाई बोरामा सुताउने कार्य गर्‍यो, गोर्खाल्याण्डको त के कुरा गरौं जीटीए जस्तो अंसवैधानिक ब्यवस्था भित्राएर पहाडलाई लथालिङ्ग बनायो। लथालिङ्ग भएको पहाडलाई एक बनाउन गोरामुमो लागि परेका छन्। पत्रकारहरुले सोधिएको प्रश्नको उत्तर दिन्दै वाई लामाले भने, जीटीए सभामा गोर्खाल्याण्ड प्रस्ताव राख्नु कुनै ठूलो कुरा होइन, जीटीए सभाले बंगाल विधानसभामा प्रस्ताव पारित गर्नु सक्नु पर्‍यो, बंगालको मुख्यमन्त्रीलाई गोर्खाल्याण्ड प्रस्ताव पारित गराउनको निम्ति पत्राचार गर्नु पर्‍यो साथै केन्द्र सरकारलाई पनि पत्राचार गर्नु पर्‍यो। अंसवैधानिक ब्यवस्था जीटीए सभामा प्रस्ताव पारित गराउँदा हुनेवाला केही छैन भनी वाई लामाले जनाए। आजको कार्यक्रममा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष एमजे सुब्बा, उपाध्यक्ष दिनेस छेत्री, तकदाह टिस्टा भेल्ली समष्टिका अध्यक्ष सुदेश राई, गोरामुमो केन्द्रीय समिति सदस्य अमर राई, किशोर राई, लप्चु पेशोक समष्टिका अध्यक्ष छिरिङ लामा, सचिव तेन्जिङ भुटिया, गोरानासं, गोरायुमो, गोराबिमो, भूतपूर्व सैनिक संगठन लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *