लिङताममा आरबीआईको वित्तीय साक्षरता कार्यक्रम

IMG-20250912-WA0117

गान्तोक: भारतीय रिजर्भ ब्याङ्क, गान्तोकको पहलमा हिजो ११ सेप्टेम्बरको दिन पाकिम जिल्लाको लिङ्ताम फदमचेन जीपीयूमा वित्तीय समावेशीकरण योजनाहरूको लागि क्षेत्रीय वित्तीय साक्षरता कार्यक्रम र मेगा सन्तृप्ति शिविर आयोजना गर्योर। कार्यक्रममा आरबीआई गान्तोकका महाप्रबन्धक गोदा रविशङ्कर, सिक्किम सरकारको वित्त विभागका निर्देशक महेन्द्र प्रधान, सिस्को ब्याङ्कका प्रबन्ध निर्देशक (एमडी) लगायत आरबीआई र अन्य ब्याङ्कका अधिकारीहरूको उपस्थिति थियो। यस अवसरमा एक सय भन्दा अधिक मानिसहरूको उपस्थिति रहेको थियो। स्वागत सम्बोधनको क्रममा गोदा रबि शंकरले यस शिविर आयोजना गरिनुको मुख्य उद्देश्यबारे जानकारी गराए। विशेष गरेर ग्रामीण क्षेत्रका मानिसहरूको आर्थिक विकास विकासलाई बढावा दिनको साथै अन्य विषयहरूमा ग्रामीण क्षेत्रका मानिसहरूलाई सचेत गराउनु रहेको थियो। सोही प्रकारले कार्यक्रमलाई सम्बोधन गर्दै आरबीआई गान्तोकका प्रबन्धक सोहन सिंह राजपुरोहितले ग्राहक सेवा र शिकायत निवारण संयन्त्रबारेमा विस्तृतरूपमा जानकारी गराए। यसै क्रममा आरबीआई गान्तोकका प्रबन्धक पराज नागदिवेले ब्याङ्कहरूमा साइबर धोकाधड़ीको बढ्दो खतराबारेमा जानकारी दिँदै सहभागीहरूलाई डिजिटल व्यवसायको निम्ति सुरक्षित अभ्यासबारेमा सचेत गराए। सिस्को ब्याङ्कका प्रबन्धन निर्देशकले स्वयं सहायता समूहहरूको लागि ऋणको उपलब्धता र लाभबारेमा चर्चा गरे। एसबीआईका एजीएम गोपाल लामाले ऋण प्रशोधनका महत्त्वपूर्ण पक्षबारेमा विस्तृतरूपमा जानकारी गराए। यसरी नै राज्य सरकारको वित्त विभागका निर्देशक महेन्द्र प्रधानले सहभागीहरूलाई प्रधानमन्त्री जीवन ज्योति बीमा योजना, प्रधानमन्त्री सुरक्षा बीमा योजना र अटल पेन्शन योजना जस्ता सामाजिक सुरक्षा योजनाको महत्त्वबारेमा अवगत गराए। उनले यी योजनाहरूले कम आय भएका परिवारहरूलाई कसरी सुरक्षा प्रदान गर्न सक्छ भन्ने कुरामा जोड दिँदै सहभागीहरूलाई दीर्घकालीन वित्तीय सुरक्षाको लागि नामाङ्कन दर्ता गर्न आग्रह गरे। जागरूकता अभियानलाई अझ आकर्षक र सान्दर्भिक बनाउन, साइबर धोकाधड़ीको विषयमा नुक्कड नाटक मञ्चन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement