पैह्रोले रोड वाधित हुनको साथै दुईवटा घरलाई क्षति

1757685058088

सभासद श्याम शेर्पाद्वारा निरीक्षण भ्रमण

खरसाङ: खरसाङको वार्ड नम्बर ६ मा नयाँ बस्ती र हनुमान डाँडा जाने रोडमा पैह्रो गएर रोड वाधित बनेको छ। खरसाङ कलेजमाथितिर रहेको एउटा निजी स्कूल नजिकमा नयाँ बस्ती र हनुमानको मूर्तितिर जाने रोड आज दिउँसो परेको पानीले पैह्रो गएर बन्द भएको छ। उक्त पैह्रोले स्थानीय विकास छेत्री र छिरिङ तामाङको घर क्षतिग्रस्त भएको जानकारी क्षेत्रीय सभासद श्याम शेर्पाले दिएका छन्। खरसाङको वार्ड नम्बर ६ मा पैह्रोले रोड बन्द हुनुको साथै दुईवटा घरलाई क्षतिग्रस्त बनाएपछि २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पा घटनास्थलमा पुगेर निरीक्षण गरेका छन्। उनले तत्कालै खरसाङ नगरपालिका, खरसाङ ईञ्जिनियरिङ विभाग र सम्बन्धित विभाग र विभागीय अधिकारीहरुलाई जानकारी गराएको बताइएको छ। यसको साथै सभासद श्याम शेर्पाको पहलमा तत्कालै पैह्रो बन्द भए पनि आपतकालीन अवस्थाको लागि मानिसहरु हिँड्न सक्ने बाटो खोलाइएको बताइएको छ। उक्त पैह्रो विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सभासद श्याम शेर्पाले पैह्रो गएपछि स्थानीयहरुले झट्टै सम्बन्धित विभागतिर जानकारी गराए पनि समयमा नै उपस्थित नभएको र पैह्रो गएर ३-४ अण्टस रोड वाधित हुँदा सम्बन्धित कोही नआएको र विभागीय प्रतिनिधिहरु सिरियस नभएको बताए। उनले पैह्रोले वाधित रोडमा आपतकालीन अवस्थामा पानी बग्ने साथै मानिसहरु ओहोर दोहोर गर्न र अस्पताल जानको लागि मानिसहरु हिँड्न सक्ने बाटो खोलाइएको जानकारी गराएका छन्।

उनले यही बाटो भएर नयाँ बस्ती, हनुमान डाँडा क्षेत्र जाने साथै यही बाटो भएर टिभी सेनिटोरियम जानु पर्ने बताउँदै यस वाधित रोड खोलाउन झट्टै काम गर्नु पर्ने पनि बताएका छन्‌। उनले अहिले स्थानीयहरु लागेर मानिसहरू हिड्न सक्ने बाटो खोलिएको र सम्बन्धित विभागद्वारा यस रोडलाई खोलाउन कार्य गरिदिने आशा व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement