खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सांगठनिक सभा आज महकुमा सभापति सुवास प्रधानको अध्यक्षता र महकुमा समितिको प्रवक्ता अनुप रामुदामुको सञ्चालनमा सम्पन्न भएको छ। सभामा पार्टीको सांगठनिक गतिविधि र आगामी पञ्चायत चुनाव विषयमा चर्चा परिचर्चा गरिएको छ। सभालाई तङलिङ पेशोक समष्टीको सभासद मणिकुमार राई, पार्टीको केन्द्रीय सांगठनिक सचिव एवं कार्यकारी सभासद रतन थापा, केन्द्रीय सदस्य नेल्सन प्रधान, मनोनित सभासद एंव महकुमा सचिव प्रणाम रसाइली, युवा शक्तिको महकुमा सभापति पेमेन्द्र गुरुङ आदिले वक्तव्य राखेका थिए। यसै सभामा महकुमा सदस्य तापेश्वर रावतलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय समितिमा अपग्रेड गरिएको छ। सभामा टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पा, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, केन्द्रीय सदस्य जैतुन निशा खातुन, महकुमा समितिको महासचिव मैया ठकुरी, खरसाङ टाउन कमिटीको सभापति सचिव सविता कार्की र दिपा छेत्री, भागोप्रमो खरसाङ टाउन कमिटीको सभापति राजु शर्मा र सचिव सूर्यकमल छेत्री, महकुमाको प्रचार प्रसार सचिव दिपेन्द्र सेवा आदिको उपस्थिति रहेको थियो। उक्त सभापछि अागामी फुलपाती समारोह विषयमा पनि भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको अध्यक्षतामा सभा सम्पन्न भएको छ।

उक्त सभामा आगामी फूलपाती समारोहको लागि महकुमा स्तरीय कमिटी गठन गरिएको छ। उक्त कमिटीमा संयोजकको रूपमा पेमेन्द्र गुरुङ, सह संयोजकको रूपमा गजेन प्रधान, कोषाध्यक्ष सञ्जय प्रधान अनि उपस्थिति सबैलाई कार्यकारी सदस्यहरू चयन गरिएको छ। यसको लागि उक्त कमिटीमा अझ अन्य पदाधिकारीहरू थपिने विषयमा अझ भोलि २३ सेप्टेम्बरको दिन सभा बसिने भएको छ। आजको सांगठनिक सभा र फूलपाती समारोह विषयमा नव नियुक्त संयोजक पेमेन्द्र गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै यसरी बताएका छन्।