खरसाङ: खरसाङको लङभ्यू चिया बगानमा दोस्रो दिन पनि गेट मिटिङ जारी रहेको छ। गत ६ सेप्टम्बरको दिन श्रम विभागलाई पत्राचार गरेर कम्पनीले यस वर्षको बोनस केवल १० प्रतिशत गरेर दुई किस्तीमा दिने जनाएपछि हाल बगान स्तरमा श्रमिकहरूले गेट मिटिङ गरिरहेका छन्। सरकारले २० प्रतिशतको एडभाइजरी जारी गरे तापनि मालिकले सो एडभाइजरीको अपमान गरेको भन्दै श्रमिकहरूले गेट मिटिङ जारी राखेका छन्।

गेट मिटिङलाई सम्बोधन गर्दै हिल प्लान्टेसन इम्प्लोइज युनियन प्रतिनिधि गोविन्द लखान्द्रीले २० प्रतिशत बोनसको छिनाफाना नभएसम्म गेट मिटिङ जारी रहने बताए। यता अमृता घिसिङले पनि विगत वर्षको भन्दा वृहत आन्दोलन गर्ने चेतावनी दिएकी छन्।