हङकङ: सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको भारतीय पुरुष युगलले असाधारण प्रदर्शन जारी राक्दै हङकङ ओपन सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनायो। सात्विक-चिरागको भारतीय जोड़ीले शुक्रबार खेलिएको क्वार्टर फाइनलमा मलेशियाको आरिफ जुनैदी र रोय किंग यापको जोड़ीलाई २१-१४, २०-२२, २१-१६-ले पराजित गऱ्यो। भारतीय जोड़ीले म्याचमा असल तालमेलको नमूना पेश गऱ्यो अनि मलेशियाई जोड़ीलाई ६४ मिनटमा पराजित गऱ्यो। सात्विक-चिरागको आठौं वरीयता प्राप्त जोड़ीको शुरुवात चाहिँ धीमा रह्यो अनि एक समय स्कोर १२-१२-को बराबरीमा रहेको थियो। त्यहाँदेखि नै उनीहरूले असाधारण प्रदर्शन गर्दै लगातार ५ पोइण्ट्सको साथ पहिलो गेम जिते। मलेशियाई जोड़ीले दोस्रो गेममा फर्म हासिल गर्दै असल पुनरागमन गऱ्यो। दोस्रो गेममा दुई जोड़ीबीच असाधारण लड़ाइँ देखियो अनि स्कोर शुरुमै ६-६-को बराबरीमा रहेको थियो। त्यहाँबाट मलेशियाई जोड़ीले लगातार पोइण्ट बनाए पनि भारतीय जोड़ीले लड़ाकू खेल देखाउँदै २०-२०-को बराबरी हासिल गऱ्यो। त्यसपछि आरिफ-यापको जोड़ीले लगातार २ पोइण्ट्स हासिल गरी दोस्रो गेम जितेर म्याच बराबरीमा पुऱ्यायो। तेस्रो तथा निर्णायक गेममा भारतीय जोड़ीले फेरि उत्कृष्ट प्रदर्शन गऱ्यो। सात्विक र चिरागले लगातार बढ़तलाई कायम राखेर तेस्रो गेमसहित म्याच जित्यो। भारतीय जोड़ीले यसअघि बिहीबार थाइल्याण्डका पीराचाई सुकफुन र पक्कापोन तीरात्साकुलको जोड़ीलाई पराजित गरी क्वार्टर फाइनलमा स्थान बनाएको थियो।