लाब्दा बस्तीमा फुटबल खेल शुरु, सिक्सिन र सिम्ले युनाइटेड विजयी

IMG-20220922-WA0136.jpg

२२ सेप्टेम्बरः अजम्बरी खेलकुद समितिको आयोजनामा आजदेखि लाब्दा बस्ती खेल मैदानमा खुल्ला नगद राशि फूटबल टुर्नामेण्ट आरम्भ भयो। अजय बिष्टको अध्यक्षतामा भएको उद्घाटन समारोहका प्रमुख अतिथि बालकुमार राईले टुर्नामेण्ट आधिकारिक रूपले शुरुवात गरे। आजको पहिलो म्याचमा सिक्सिनले लाब्दा बस्तीलाई ४-१-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा सिम्ले युनाइटेडले मामरिङलाई २-०-ले पराजित गऱ्यो। कार्यक्रमको शुरुमा लाब्दा खास निम्न उच्च माध्यमिक विद्यालयका नानीहरुले सुन्दर नृत्य गरे। यसरी नै मध्यान्तरमा गायक प्रसंग राईले मीठो गीत प्रस्तुत गरे।

शुक्रवार प्रथम खेल मेरिगोल्ड ए र एचएफसी-बीच हुनेछ। यसरी नै दोस्रो म्याच मेरिगोल्ड बी र रेसप फरेस्ट बस्तीमाझ खेलिनेछ। टुर्नामेण्टको फाइनल खेल ६ नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement