घरदैलोमा कानुनी सेवा पुऱ्याउने अभियानमा सरकार

n680653545175761289271131a39c871a9fb4979adea0c5654d966c5a170e0d49786bb81f692f1f21fe85f0

पाकिम: गत सप्ताहदेखि शुरु भएको कानुनी सहयोग अभियानअन्तर्गत आज पाकिम सामुदायिक भवनमा एक कार्यक्रम गरियो। मुख्यमन्त्री कार्यालयको कानुनी सल्लाहकारले कानुनी प्रकोष्ठसँगको सहकार्यमा आयोजन गरेको हो। सुनौलो, समृद्ध, सामर्थ सिक्किमको अवधारणाअनुरूप शुरू गरिएको अभियानले तल्लो तहमा न्याय सुनिश्चित गर्ने र नशामुक्त सिक्किम निर्माणमा समुदायको सहभागितालाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ। मुख्यमन्त्रीकी कानुनी सल्लाहकार पूजा लामिछाने र उनको टोलीको नेतृत्वमा अभियानमा आधारभूत कानुनी अधिकारबारेमा जागरूकता फैलाउने, नि:शुल्क कानुनी परामर्श र शपथपत्र सेवाहरू प्रदान गर्नेछ। यस अवसरमा जिल्ला पञ्चायत अध्यक्ष, लाडेन भोटिया मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन भने विशिष्ट अतिथिहरूमा वाणिज्य तथा उद्योग विभागकी अध्यक्ष निम छिकी शेर्पा, वरिष्ठ पुलिस अधिक्षक पारु रुचाल लगायत अन्य अधिकारीहरू सामेल रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै, जिल्ला अध्यक्षले कानुनी जागरूकता र नि:शुल्क कानुनी सेवाहरूमा पहुँच मार्फत समुदायलाई सशक्त बनाउन सकिने यस अभियानको महत्त्वमाथि प्रकाश पारिन्। उनले पञ्चायत सदस्यहरूलाई जनतासँग आफूले बुझेका कुराहरू बाँड्न आग्रह गरिन्। सोही प्रकारले वरिष्ठ पुलिस अधीक्षक रूचालले जिल्लामा देखापरेको सामान्य मुद्दाहरूमाथि प्रकाश पार्दै सिक्किम एन्टी ड्रग्स एक्ट (साडा) २००६ बारेमा विस्तृत रूपमा जानकारी गराइन्। जुन एनडीपीएस एक्टको पूरक रहेको बताइन्। उनले स्थानी समस्या र चुनौतीहरूलाई सम्बोधन गर्न राज्य सरकारले सबै कुराको व्यवस्था मिलाएको बताइन्। उनले थप जानकारी गराएअनुसार हाल पाकिम जिल्लामा साडा सम्बन्धित मुद्दाहरूमा कमि आएको दावी गरिन्। यसरी नै उनले प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुएल अफेन्स २०१२ लाई लिएर पुलिसले सक्रियरूपमा भूमिका निर्वाह गर्दै आइरहेको किटान गरिन्। उनले सुरक्षित समाज सिर्जना गर्नको निम्ति सामिहुक पहलको आवश्यकतामाथि जोड दिइन्। यसरी नै कानुनी प्रकोष्ठका प्रभारीले मुख्यमन्त्रीको दृष्टिकोणअन्तर्गत यस अभियानले जनताको घर दैलोमा कानुनी सेवाहरू पुर्यािउने प्रयास गरिरहेको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement