शहीद गोल्ड कपमा ब्रदरहुड एफसी-को एकतर्फी जीत

IMG-20250911-WA0165

कालेबुङ: युनाइटेड भेटरन्स क्लब, कालेबुङको तत्त्वावधानमा आयोजित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टमा ब्रदरहुड एफसी-ले सजिलै क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। मेला ग्राउण्डमा बुधवार खेलिएको म्याचमा ब्रदरहुड एफसी-ले झारखण्ड पुकार एफसीविरुद्ध ३-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट प्रशान्त छेत्रीले ५६औं, अभिषेक गुरुङले ८१औं र नारायण छेत्रीले ८८औं मिनटमा गोल गरे। म्याचको पहिलो हाफको खेल गोलरहित रह्यो तर दोस्रो हाफमा ब्रदरहुड एफसी ले लगातार ३ गोल गरी म्याच जित्यो। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा स्थानीय टीमहरूको साथमा सिक्किम, मणिपुर, भूटान, बोडोल्याण्ड, झारखण्ड, काेलकत्ता र नर्थ-ईष्टर्न रेलवे को टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट फूटबल चीफ कोअर्डिनेटर राजु ग्याबाक ले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement