सेमिफाइनलमा स्थान बनाउन सफल केएफसी

photocollage_2025911224350617

पानीघट्टा: निरपानी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा कञ्चनजंघा फूटबल क्लब-ले सेमिफाइनलमा प्रवेश गऱ्यो। निरपानी हाई स्कूल खेल मैदानमा बिहीवार भएको म्याचमा केएफसीले बीएसके, जलपाइगढ़ीविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट मुनु सौरियाले दोस्रो र ५८औं मिनटमा २ गोल गरे। यसबाहेक अन्य एउटा गोल अरुण तामाङले ३७औं मिनटमा गरे। यसरी बीएसकेको तर्फबाट जीतले पाँचौं मिनटमा गोल गरे। केएफसीका फरवर्ड अरुण तामाङले प्लेयर अव् द म्याच को ट्रफी हासिल गरे। यसरी ७ सेप्टेम्बरमा अनिर्णित रहेको म्याचको फैसला टसद्वारा गरियो, जसमा जीत हासिल गरेर दमक फूटबल क्लबले सेमिफाइनलमा स्थान बनायो। अब १३ सेप्टेम्बरमा खेलिने पहिलो सेमिफाइनलमा दमक एफसी र जर्जियन एफसीबीच भिड़न्त हुनेछ। यसरी दोस्रो सेमिफाइनल १४ सेप्टेम्बरमा केएफसी र दार्जीलिङ युनाइटेडबीच खेलिनेछ। यसरी फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement