सलोनी राई स्मृति नक्आउट फूटबलः ४ स्टार आरएल ब्रदर्स विजयी

IMG_20220922_190027.jpg

२२ सेप्टेम्बरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा ४ स्टार आरएल ब्रदर्स दोस्रो राउण्डमा पुग्यो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा बिहीवार खेलिएको म्याचमा ४ स्टार आरएल ब्रदर्सले जेपीएफसी बाघडुग्रालाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट पवन राई र बरुण थापाले गोर गरे। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement