सोनादा: गोराबारी/ मार्गरेट्स होप ग्राम पञ्चायत अन्तर्गत नेहूर बालासन चिया बगानमा दुईवटा बुथहरुलाई लिएर “हाम्रो गाउँ हाम्रो समाधान कार्यक्रम सम्पन्न भएको छ। पश्चिम बंगाल राज्य सरकारद्वारा गाउँ स्तरीय विकासका आवश्यकताहरूलाई चिन्हित गरेर जनप्रतिनिधिहरू, सरकारी अधिकारीहरू लगायत स्थानीय ग्राम पञ्चायात सदस्यहरू अनि गाउँलेहरूको संयुक्त प्रयासमा कार्यान्वयन गर्ने योजना रहेको उक्त कार्यक्रममा सहभागी गाउँलेहरूलाई अवगत गराईयो। राज्य सरकारको उक्त योजनाहरू पानी आपूर्ति, सड़क मरम्मति, स्वस्थ्य सेवा विस्तार, शिक्षा सुविधा विस्तार, स्ट्रीट लाइट जड़ान आदि जनमुखी योजनाहरूको लाभ स्थानीय साधारण नागरिकहरूले आवश्यै पाउने छन् र यस्तो योजनाहरूले सरकार र साधारण जनताबीच प्रत्यक्ष संवादको माध्यम बनेको ग्राम पञ्चायात प्रधान पेम्बा तामाङले सकरात्मक प्रतिक्रिया दिन्दै ‘हाम्रो गाउँ हाम्रो समाधान’ अन्तर्गत उठाइएका समस्याहरू छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




