खरसाङमा दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता सम्पन्न

IMG-20250911-WA0113

२०२६ देखि प्राथमिक पाठशालाहरुमा जोइफूल लर्निङ शुरु गरिनेछ: राजेस चौहान

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको आयोजनामा खरसाङमा दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता २०२५ बिहीबार सम्पन्न भएको छ। खरसाङको सन्त अल्फन्सेस विद्यालयमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ उपस्थित रहेका थिए‌ भने विशिष्ट अतिथिको रुपमा जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहान, कार्यकारी सभासद कल्पना प्रधान, सभासदहरु नवराज छेत्री, श्याम शेर्पा, नुरी शेर्पा, खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, दिवस छेत्री, पञ्चायत प्रधानहरु, एसआई, एएसआई, बोर्ड सदस्यहरु, प्रधान अध्यापक, प्रधान अध्यापिकाहरु र शिक्षक शिक्षिकाहरु उपस्थित रहेका थिए‌। प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका‌ बाहुलीबाट धुप दीप प्रज्ज्वलनसहित राष्ट्रिय गान गाएर शुरु गरिएको कार्यक्रममा स्वागत सम्भाषण उप निरीक्षक खरसाङले राखेका थिए।कार्यक्रमलाई शिक्षिका पासाङ लक्की शेर्पाले सञ्चालन गरेका थिए। यस पाठशाला स्तरीय प्रनोत्तरी प्रतियोगितामा क्विज मास्टरको रुपमा विवेक दाहाल रहेका थिए भने निर्णायकगणमा नवाङ भोटिया, मिलिम थुङ लेप्चा र अनिमा तामाङ उपस्थित रहेका थिए। यस प्रश्नोत्तरी प्रतियोगितामा खरसाङ क्षेत्रका छवटा युनिटका विद्यार्थीहरुले भाग लिएका थिए। यसबाट चारजना विद्यार्थी नानीहरु सुकनामा हुने फाइनलको लागि चयन भएका छन् जसमा देविका राई, केसाङ शेर्पा, निरक्षा राई र पंकज प्रधान चयन भएका छन्। यस प्रतियोगितामा प्रथम ल समूह, दोस्रो सी समूह, तेस्रो डी समूह, चौथो बी समूह, पाँचौं एफ समूह र छैटौँ ई समूह भएका छन्। सकार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने एकाई स्तरीय प्रतियोगिताका दृश्यहरु पनि प्रदर्शन गरिएको थियो। कार्यक्रममा प्राथमिक शिक्षा विभाग र वर्णमालाको‌ संयुक्त पहलमा बनाएको छोटो प्रस्तुति पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई मुख्य अतिथिको रुपमा उपस्थित खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले आफ्नो सम्बोधनमा भने, ‘कसले जित्छ कसले हार्छ त्यो नानीहरुले चिन्ता नगर्नु तर प्रश्नको उत्तर दिने आँट र साहस अहिलेका जेनेरेशन अल्फाको नानीहरु आफ्नो सक्षमता देखाएका छन् जुन राम्रो हो।‌ नानीहरु जेनेरेशन अल्फाको समयका हुन्।’
उनले अघि भने, नानीहरु सबैमा योग्यता हुन्छ चाहे निजी स्कूल पढ्ने होस् कि सरकारी स्कूल पढ्ने होस्। हामी सबै खुशी छौं नानीहरुको प्रगति देखेर र यति राम्रो प्रस्तुति दिएकोमा बधाई छ।’ उनले अझ भने, ‘मनमा लागेको कुरा यहाँ सन्त अल्फन्सेस प्राथमिक पाठशालाको नानीहरुको उपस्थिति नदेख्दा खल्लो लाग्यो।’
जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानले आफ्नो सम्बोधनमा भने, ‘जीटीए‌ प्रमुख अनित थापाको निर्देशनमा गत वर्षदेखि प्राथमिक पाठशालाहरुलाई लिएर प्रश्नोत्तर प्रतियोगिता शुरु गरिएको र यो आयोजनाको उद्देश्य कतिको गहकिलो छ भन्ने मञ्च हो। प्रतियोगितामा प्रथम, दोस्रो हुनु ठूलो कुरा होइन तर प्रतियोगितामा सहभागी हुनु नै ठूलो कुरा हो। यसले नानीहरुको शिक्षाको स्तर बढेको छ। यो शिक्षक शिक्षिकाहरु कतिको स्कूल गईरहेका छन् र कतिको लगनशील र परिश्रमी छन् भन्ने प्रमाण हो।’
राजेस चौहानले यसपाली गत ४ सेप्टेम्बरदेखि कालेबुङबाट शुरु भएको र मिरिक हुँदै आज खरसाङ र शुक्रबार रङ्ली रङ्लियट खण्डमा हुने अनि यसको फाइनल १४ नोभेम्बरमा सुकनामा आयोजना गरिने जानकारी गराएका छन्। उनले आजको चारजना चयन भएका नानीहरुले खरसाङ क्षेत्रको‌ नै प्रतिनिधित्व गर्ने बताएका छन्‌। उनले यसपाली नानीहरुलाई सिलगढी क्षेत्रमा घुमाउनु लाने कुरा बताउँदै सरकारी स्कूलहरुमा पनि विभिन्न क्रियाकलापहरु आयोजना गरिन्छ भन्ने प्रमाण हो यो भनी बताए।‌ राजेस चौहानले २०२६ देखि प्राथमिक पाठशालाहरुमा जोइफूल लर्निङ शुरु गरिने बताए। उनले अब सरकारी स्कूलहरु पनि निजी स्कूलहरुभन्दा कम हुनु हुँदैन भनी बताउँदै नानीहरुको खेलकूदमा पनि ध्यान दिने बताए। उनले यसपाली बाल दिवसको अवसरमा नोट क्यामको उत्कृष्ट कार्य गर्ने १३ वटै क्षेत्रका स्कूलहरुलाई जीटीए प्रमुख अनित थापाको बाहुलीबाट सम्मान जनाउने घोषणा गरेका छन्। उनले जीटीए क्षेत्रमा ५० वटा नयाँ प्राथमिक पाठशाला भवनहरु निर्माण गरिने भएको र त्यसमा खरसाङ क्षेत्रका ११ वटा प्राथमिक पाठशालाहरु चिन्हित गरिएको जानकारी गराएका छन्। कार्यक्रममा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, फादर पिटर मोक्तानले पनि वक्तव्य राखेका थिए।

कार्यक्रममा सहभागी र विजेता विद्यार्थी नानीहरुलाई अतिथिहरुका बाहुलीबाट पारितोषिक वितरण गरिएको थियो भने अतिथिहरुलाई पनि उपहार प्रदान गरिएको थियो। यस प्राथमिक पाठशाला स्तरीय प्रनोत्तरी प्रतियोगिताको फाइनल खेल आगामी १४ नोभेम्बरमा हुने बाल दिवसको दिन सुकनामा सम्पन्न हुने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement