२२ सेप्टेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा बिहीवार दुईवटा म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा डीसीएल एफसी-ले भट्टीटार एफसी-लाई ५-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा मिरिक कलेजले सुकुना एफसी-लाई ४-०-ले पराजित गऱ्यो। अब शुक्रवार खेलिने पहिलो म्याचमा पाइनहल एकाडमी र खोप्रेल एफसी-बीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच मञ्जु एफसी र गोले ब्रदर्स, घैयाबारीबीच खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।