हाङयुग अज्ञातकाे मिरिकमा एकल कविता कन्सर्ट हुने

IMG-20220922-WA0165.jpg

मिरिक: नेपाली साहित्यमा सृजनशील अराजकता अभियान जस्तो सफल आन्दोलन को एक अभियन्ता एव कवि गीतकार हाङयुग अज्ञात मिरिकमा एकल कविता कन्सर्ट गर्न आगामी २४ सेप्टेम्बर आई रहेको छन्। उनको नौलो स्वाद र सुगन्ध एवं अलक वैचारिक स्वरलाई मुखर गराउने उद्देश्यले मिरिक साहित्य संगमको आयोजनामा कवि अज्ञातको एकल कविता कन्सर्ट गरिने साहित्य संगमको अध्यक्ष सचिव रंजीत गुरुङ एवं नु हाङ राईले बताएका छन| करङको हिरासत जस्तो कालजयी कविता संग्रह निकाल्ने कवि हाङयुग अज्ञात को यो पहिलो मिरिक कन्सर्ट हो|उनको कविता सुन्न सम्पूर्ण मिरिक दार्जिलिङ सुकिया पोखरी सिलगढी कविता पारखी एवं कवि साहित्यकारहरू प्रतिक्षारत रहेको अध्यक्ष गुरुङले बताएका छन्|साथै साहित्य संगमको पक्षमा सचिव नु हाङ राईले सबै कविता पारखीहरूलाई सो कन्सर्ट मा आएर कविताको आनन्द लिने आव्हान गरेको छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement