एशिया कपमा भारतको एकतर्फी जीतको साथ शुरुवात

IMG-20250911-WA0007

दुबई: भारतले एशिया कप टी२० टुर्नामेण्टमा जीतको साथ शुरुवात गऱ्यो। बुधवार खेलिएको ग्रुप ए-को म्याचमा भारतले आयोजक यूएई-लाई सजिलैसँग ९ विकेटले पराजित गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै यूएई १३.१ ओभरमा केवल ५७ रन बनाएर अलआउट भयो। यूएई-को तर्फबाट ओपनर अलिशान शाराफुले सर्वाधिक २२ रन बनाए। यसबाहेक कप्तान मुहम्मद वासीमले १९ रनको योगदान दिए। यी दुईजनालाई छोड़ेर अन्य कसैले पनि ३ रनभन्दा अधिक बनाउन सकेनन्। भारतीय बलरहरूमा कुलदीप यादवले ४ र शिवम दुबेले ३ विकेट लिए। जवाफमा भारतले २७ बलमै १ विकेटमा ६० रन बनाएर म्याच जित्यो। ओपनर अभिषेक शर्माले ३ वटा छक्का र २ वटा चौकाको साथ १६ बलमा ३० रन बनाए। यसबाहेक शुभमन गिल २० र कप्तान सूर्यकुमार यादव ७ रनमा अविजित रहे। कुलदीप यादवलाई प्लेयर अव् द म्याच चयन गरियो। भारतको अघिल्लो म्याच आइतवार पाकिस्तानविरुद्ध रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement