पानीघट्टा: निरपानी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा जर्जियन फूटबल क्लबले सेमिफाइनलमा प्रवेश गऱ्यो। निरपानी हाई स्कूल खेल मैदानमा बुधवार भएको म्याचमा जर्जियन फूटबल क्लबले ब्राइट स्पोर्टिंग क्लबविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सरद मुण्डाले ५०औं र नरेन्द्र (नन्दु) राईले ५९औं मिनटमा गोल गरे। जर्जियन एफसी-का सरद मुण्डाले प्लेयर अव् द म्याच को ट्रफी हासिल गरे। बिहीवार खेलिने क्वार्टर फाइनल म्याच मा कञ्चनजंघा फूटबल क्लब (केएफसी) र बीएसके, जलपाइगढ़ीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १३ र १४ सेप्टेम्बरमा हुनेछ।

यसरी फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।