विश्व आत्महत्या नियन्त्रण दिवस पालन

IMG-20250910-WA0138

गान्तोक: सामाजिक कल्याण विभागको पहलमा आज विश्व आत्महत्या नियन्त्रण दिवस पालन गरियो। यस वर्षको कार्यक्रमको थिम कथा परिवर्तन गर्दै रहेको थियो। यस प्रकारको कार्यक्रम प्रत्येक वर्ष १० सेप्टेम्बरको दिन पालन गरिन्छ। विशेष गरेर विश्वमा बढदो आत्महत्यामाथि जागरूक गराउनको साथै जीवनको रक्षा गर्ने पहललाई बढावा दिने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिन्दै आएको हो। यस अवसरमा आत्महत्या रोकथाम, मदिराको दुरुपयोगबारे जागरूकता गराउनको निम्ति विभिन्न विभागहरूबटा नशामुक्त सेलका नोडल अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै डा. छिरिङ पाल्देनले आत्महत्यालाई लिएर तत्काल सामुहिक कार्य गर्नुपर्ने आवश्यकतामाथि जोड दिँदै सार्वजनिक स्वास्थ्य हाल सबैको निम्ति चुनौतीको विषय बन्न गएको विषयमाथि प्रकाश पारिन्। मदिरा र लागूपदार्थको हानिकारक प्रयोगले आत्महत्या गर्न प्रोत्साहित गर्ने बताइन्। सोही प्रकारले डा. सोनाम ओङ्मु लासोपाले आत्महत्या रोकथामको लागि गेटकीपर प्रशिक्षणको नेतृत्व गरेकी थिइन्, जसले सहभागीहरूलाई जोखिममा रहेका व्यक्तिहरू पहिचान गर्न, प्रारम्भिक सहयोग प्रदान गर्न र समयमै परामर्श दिएर व्यवहारिक क्षमता बढाउन प्रोत्साहित गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement