मेजर जनरल एमएस राथौडको राज्यपाल र मुख्यमन्त्रीसँग भेट

photocollage_202591023334633

गान्तोक: १७ माउण्टेन डिभीजनका मेजर जनरल एमएस राथौडले आज राज्यपाल ओमप्रकाश माथुरसँग राज भवनमा शिष्टचार भेट गरे। भेटको क्रममा भोलि ११ सेप्टेम्बरको दिन नथुलमा पालन गरिने नथुला विजय दिवसबारे बताउँदै निमन्त्रित गरे। उल्लेखनीय छ, प्रत्येक वर्ष ११ सेप्टेम्बरको दिन नाथुला सीमामा ‘नाथुला विजय दिवस’ पालन गर्दै आइरहेको छ। राज्यपालले सेनाद्वारा गरिएको निमन्त्रणलाई स्वीकार्दै कार्यक्रममा उपस्थित हुने बचन दिए। विशेष गरेर प्रत्येक वर्ष भारतीय सेनाका बहादुर शहीदहरूको सम्झनामा नाथुला विजय दिवस पालन गरिन्छ। राज्यपालले निमन्त्रणलाई स्वीकार्दै कार्यक्रमको सफलताको निम्ति शुभकामना दिएका छन्। सोही प्रकारले मेजर जनरल राथौडले आज नै मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। भेटको क्रममा सेनाका अधिकारीले हालैका उपलब्धिहरू र परिचालन तयारीबारेमा जानकारी गराए। यस अवसरमा राष्ट्रिय सुरक्षा, पूर्वाधार विकास, नागरिक-सैन्य सहयोग, र सेना र राज्य सरकारबीचको सम्वन्धलाई मजबुत बनाउने विषयमा छलफल गरे। उक्त भेटबारे मुख्यमन्त्री तामाङले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा पनि उल्लेख गरेका छन्। यस सन्दर्भमा उनले “नाथुला विजय दिवस एक गर्वको विषय हो भन्दै जसले हाम्रा सैनिकहरूको बहादुरी र बलिदानलाई सम्मान गर्ने र जनतामाझ देशभक्तिको साझा भावनालाई सुदृढ बनाउने उल्लेख गरेका छन्। मेजर जनरल राथौड र उनको टोलीलाई राष्ट्रप्रतिको समर्पण र सेवाको लागि मुख्यमन्त्रीले धन्यवाद दिँदै प्रशंसा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement