एसडीएफ र सीएपी-का २०० जना कार्यकर्ता एसकेएम पार्टीमा सामेल

IMG-20250910-WA0132

गान्तोक: विपक्षी सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) त्यागेर सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चामा सामेल हुने क्रम जारी छ। यसै क्रममा आफ्ना ४५ जना समर्थकसहित २४ को चुनाउमा नामथाङ रातेपानी क्षेत्रबाट क्याप उम्मेद्वार हरी चन्द्र छेत्री आज एसकेएम पार्टीमा सामेल भए। नामथाङमा आयोजित एउटा सामेल कार्यक्रमअवधि उनी आधिकारिक रुपमा एसकेएम पार्टीमा सामेल भएका हुन्।
त्यसै कार्यक्रममा क्याप सिक्किम साथै सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टी त्यागेर आएका २ सय परिवारले एसकेएम पार्टीको सदस्यता ग्रहण गरेको एसकेएम पार्टीले प्रेस विज्ञप्ती जारी गरेर दावी गरेको छ। यस अवसरमा क्षेत्र विधायक सञ्जित खरेल, प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ अनि अन्य एसकेएम नेताहरूको विशेष उपस्थिति रहेको थियो जसले नयाँ सदस्यहरूलाई विधिवत रुपमा पार्टीमा स्वागत जनाए।
विधायक खरेलले पार्टीमा सामेल हुने नयाँ सदस्यहरूलाई स्वागत जनाउँदै अबोप्रान्त एसकेएम पार्टी, सरकार र जनहितमा मिलेर काम गर्नुपर्ने आग्रह गरे। त्यसरी नै जेकब खालिङले पनि एसकेएम पार्टीको बलियो जग र दृष्टिकोणलाई प्रकाश पार्दै स्वागत जनाए। विधायक संजीत खेरेल नामथाङ-रातेयपानी निर्वाचन क्षेत्रका लागि सही प्रतिनिधि रहेको र उनले निरन्तर क्षेत्रमा विकासको काम गर्दै आइरहेको खालिङले बताए। आज यति धेरै संख्यामा सामेल हुनाले एसकेएम पार्टी मजबुत रहेको र वर्तमान सरकारप्रति मानिसहरूको विश्वास बढदै गइरहेको संकेत देखापरेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement