खाम्दोङमा ९३ लाभार्थीले उठाए वित्तीय जागरुकताको लाभ

IMG-20250910-WA0131

गान्तोक: भारतीय स्टेट ब्याङ्क र राज्यस्तरीय ब्याङ्कर्स समिति, सिक्किमको संयोजकत्वमा भारत सरकारको वित्तीय सेवा विभागद्वारा शुरु गरिएको तीन महिनाव्यापी सन्तृप्ति अभियानको एक भागको रूपमा खाम्दोङ ब्लक प्रशासनिक केन्द्रमा एक मेगा शिविर आयोजन गरियो। कार्यक्रममा खाम्दोङ परिवरीका ९३ नागरिकहरुको सक्रिय सहभागिता रहेको थियो। गान्तोकको आरबीआईका क्षेत्रीय निर्देशक टी जामाहङले कार्यक्रममा कार्यक्रमबारे जानकारी गराए।
यसबीच महकिमा अधिकारी रोशन सुब्बा, खण्ड विकास अधिकारी दोर्जी शेर्पा, गोपाल लामा सहायक महाप्रबन्धक, एसएलबीसी र खाम्दोङ क्षेत्रका तीन पञ्चायत सभापतिहरू सामेल थिए।
शिविरमा विभिन्न वित्तीय समावेशीकरण र सामाजिक सुरक्षा योजनाहरूअन्तर्गत नामाङ्कनको सुविधा प्रदान गरियो। जसका प्रमुख परिणामहरूमा शिविरमा उपस्थित कुल ९३ सहभागीहरूमध्ये १२ जनाको पुन: केवाईसी पूरा गरियो र क्रमशः प्रधानमन्त्री सुरक्षा बीमा योजना, प्रधानमन्त्री जीवन ज्योति बीमा योजनाअन्तर्गत १५ र ५ नामाङ्कन गरिएको थियो।
आफ्नो सम्बोधनमा निर्देशक, आरबीआईले उपभोक्ता सुरक्षाको लागि आवधिक पुन: केवाईसीको महत्त्वमाथि जोड दिए। उनले विफल डिजिटल लेनदेन र साइबर धोकाधडीका घटनाहरूमा पालना गर्नुपर्ने प्रक्रियाहरूबारेमा पनि सहभागीहरूलाई जानकारी गराए। रिजर्भ ब्याङ्क लोकपाल योजना अन्तर्गत गुनासो निवारण संयन्त्रहरूमाथि पनि उनले प्रकाश पारेका थिए। क्षेत्रीय निर्देशकले ब्याङ्कहरूसित स्थानीय समुदायको लागि राम्रो वित्तीय पहुँच सुनिश्चित गर्न खाम्दोङ ब्लकमा एक बिजनेस करेस्पोडेन्ट आउटलेट स्थापना गर्न आग्रह गरे। कार्यक्रमलाई गोपाल लामाले पनि सम्बोधन गरे। उऩले वित्तीय समावेशीकरण योजनाहरूलाई जमिनीस्तरसम्म विस्तार गर्नुको महत्त्व दोहोऱ्याए। मेगा शिविरमा जागरूकता सिर्जना गर्यो, नामाङ्कनलाई सहज बनाउने र भारत सरकारको योजनाबारे जागरुकता गराउने कार्य गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement