लङ्भ्यू चियाबारीमा‌ बाेनस केवल १० प्रतिशत त्यो पनि दुई किस्तामा ५-५ प्रतिशतले‌ दिने भनिएपछि विरोध तीब्र

IMG-20250910-WA0122

ईण्डियन गोर्खा जनशक्ति फ्रण्टद्वारा‌ यसको विरोधमा श्रमायुक्तलाई ज्ञापन

खरसाङ: खरसाङको लङ्भ्यू चिया बगानमा पूजा बोनस ५-५ प्रतिशत गरेर दुई किस्तामा‌ केवल १० प्रतिशत मात्र दिने भएपछि विवाद सिर्जना भएको छ। सरकारको तर्फबाट यसपाली चियाबारीहरुमा दशैंको बोनस बीस प्रतिशत गरेर दिनु पर्ने एडभाइरी जारी गरेपछि धेरै बगानहरुमा बोनस वितरण भइरहेको छ। तर लङ्भ्यू चियाबारीमा सरकारको एडभाइजरीलाई बेवास्ता गरेर केवल १० प्रतिशत मात्र दिने त्यो पनि ५-५ किस्ता गरेर दुईपल्टमा दिने भनिएपछि आज ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको पदाधिकारीहरु र यसको भातृ संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संगठनको पदाधिकारीहरु सह श्रमायुक्तलाई ज्ञापन पत्र बुझाएका छन्।सरकारले तोकेको २०% पूजा बोनस नदिई लङ्भ्यू चिया बगान व्यवस्थापनले १०% मात्र बोनस दुई किस्तामा दिने निर्णय गरेपछि श्रमिक संगठनले कडा आपत्ति जनाएका छन्।

ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको नेतृत्वमा हाम्रो हिल–तराई–डुवर्स चियाबारी श्रमिक संघले श्रमिक भवनमा पुगेर सह श्रमायुक्तलाई ज्ञापन बुझाउँदै सरकारले तोकेको बोनस तत्काल कार्यान्वयन गर्ने माग गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङको प्रवक्ता रामकृष्ण शर्माले भने, सरकारले बीस प्रतिशत बोनसको लागि एडभाइजरी जारी गरेकोलाई पनि लङ्भ्यू चियाबारीको मालिक पक्षले अनदेखा गरेकोले हामीले सह श्रमायुक्तलाई ज्ञापन पत्र बुझाएका हौँ।‌’


उनले लङ्भ्यू चियाबारीको मालिक सरकारभन्दा ठूलो, जीटीएभन्दा ठूलो हो भनी प्रश्न गर्दै बीस प्रतिशत बोनस किन नदिएको र कसको निर्देशनमा यसो गरेको भनी प्रश्न गरेका छन्। उनले बीस प्रतिशतको बदली केवल १० प्रतिशत त्यो पनि दुई किस्तामा ५-५ प्रतिशत गरेर दिने भनेर पत्र पठाएको रहेछ र हामी यहाँ आएर ज्ञापन दिने काम गरेको बताए। शर्माले भोलिको दिनमा श्रमिकहरु र श्रमिक संगठनहरु यसको विरोधमा‌ आन्दोलनमा उत्रेको खण्डमा कसले जिम्मेवारी लिने भनी प्रश्न गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement