मिरिक: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभाग मिरिक क्षेत्र समितिको तत्परतामा गाेपाल याेञ्जन प्रेक्षागृहमा दोस्रो अन्तर–प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता सम्पन्न भयो। यस अवसरमा गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन शिक्षा विभागका भारप्राप्त सभासद एंव डेपुटी चेयरम्यान राजेस चाैहान, मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, जनसम्पर्क अधिकारी विवेक गाेले, पञ्चात समिति सदस्य समीर राई, पञ्चायत समिति शिक्षा विभागका कर्माध्यक्ष मन्दीप तामाङ, मिरिक क्षेत्र समितिका एआइ सृष्टि गाेम्देन, जीटीए विभाग र दार्जिलिङ सर्कलका एआईहरू, जिल्ला बाेर्ड सदस्य हिल–तराई प्राथमिक शिक्षक संगठनका अध्यक्ष निरज राई, सचिव रिखीचरण खाती लगायत विभिन्न प्राथमिक पाठशालाका शिक्षक शिक्षिका आदि उपस्थित थिए।

मिरिक क्षेत्रका तीनवटा युनिटलाई लिएर गरिएकाे उक्त प्रश्नाेत्तर प्रतियोगितामा पहिलाे अनि दाेस्राे साैरेनी युनिटका विद्यार्थीहरू अनि तेस्राे मिरिक युनिटका विद्यार्थी भए। बिजय प्रतियाेगीहरूलाई कार्यक्रमका अतिथिहरूकाे बाहुलीबाट पुरस्कार वितरण गरियाे। रितेस गुप्तले सञ्चालन गरेकाे कार्यक्रममा बाेल्दै गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन शिक्षा विभागका सभासद एंव डेपुटी चेयरम्यान राजेस चाैहानले प्राथमिक पाठशालामा अध्यनरत् विद्यार्थीहरूकाे दक्षता विकासकाे लागि जीटीए शिक्षा विभागले गत वर्षदेखि प्रश्नाेत्तर प्रतियोगिताकाे शुरू गरेकाे जसकाे सकरात्मक परिणाम अघि आइरहेकाे बताए। उनले आगमी दिनमा जीटीएले जाेय लर्लिङ शुरू गर्ने जानकारी गराँउदै हामी प्राथमिक शिक्षालाई सुधार गर्न लागि परेका छाैँ भने।

उनले तेह्रवटा सर्कलबाट प्रश्नाेत्तर प्रतियोगिताबाट छनाैट भएका ३९ जना विद्यार्थीहरूलाई लिएर बाल दिवसकाे दिन भव्य कार्यक्रम सुकनामा गरिने जानकारी पनि गराए।