लण्डन: ईंग्ल्याण्डका मुख्य कप्तान ब्रेण्डन म्याककुलमको भनाइअनुसार, क्रिकेटको ब्याजबल ब्राण्ड कुनै कठोर खेल शैली नभएर खेलाड़ीहरूलाई स्वच्छन्द भएर खेल्न दिन छूटसँग सम्बन्धित छ अनि यसलाई लिएर गलत धारणाहरू खेलाड़ीहरूका निम्ति अपमानजनक हो। म्याककुलमले २०२२-मा ईंग्ल्याण्ड टेस्ट टीममा प्रशिक्षक पद सम्हालेपछि आक्रामक तरिकाले क्रिकेट खेल्नुलाई प्राथमिकता दिएका छन्। क्रिकेट जगतमा यस शैलीलाई ब्याजबलको नाम दिइएको छ तर म्याककुलमलाई यो शब्द मन पर्दैन। म्याककुलमले फर द लव अव क्रिकेट पोडकास्टमा भने, हाम्रो भित्र आफ्नो बारेमा कहिले पनि यस्तो मानसिकता रहेन। चीजहरूलाई लिएर हाम्रो सोच कठोर छैन। हामी जुन थरीको क्रिकेट खेल्छौं, त्यसलाई लिएर गलत धारणाहरू रहेको छ। मेरो विचारमा त्यो सबै खेलाड़ीहरू अनि टीमका अन्य सदस्यहरूका निम्ति अपमानजनक हो। हामी कठोर मेहनत गर्छौं अनि सफल हुन चाहन्छौं तर यसरी वर्गीकृत गरिएको हामीलाई मन पर्दैन। न्यूजील्याण्डका पूर्व कप्तानले बताएअनुसार, उनले कुनै विशेष तरिकाले खेल्नुमा नभएर खेलाड़ीहरूका मानसिकतामाथि जोड़ दिएका छन्। म्याककुलमले भने, हामी यस्तो माहोल तयार गर्न चाहन्छौं जहाँ खेलाड़ीहरूले अन्तर्राष्ट्रिय क्रिकेटको दबाउलाई सहन अनि खेलमा आफ्नो भूमिकालाई असल तरिकाले बुझ्न सक्नेछन्। हामी खेलाड़ीहरूले आफ्नो कौशलको खुलेर प्रदर्शन गरोस् भन्ने चाहन्छौं। यसैकारण एउटा निश्चित शैली या खेल्ने तरिकामाथि विश्वास राख्दा हाम्रो सफलताको सम्भावना बढ़्नेछ। उल्लेखनीय छ, म्याककुलमको मार्गदर्शनमा हालै ईंग्ल्याण्डले भारतविरुद्ध ५ वटा टेस्ट म्याचको सीरीजमा २-२-को बराबरीमा सन्तुष्ट मान्नु परेको थियो।