दार्जिलिङ: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले पेशोकदेखि झर्दा टिस्टा पस्नु अघि निर्माण भएको वैकल्पिक पुल आज जलपाईगढीमा आयोजित एक समारोहबीच उदघाटन गरेकी छन्।

मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीएको मुख्य कार्यपाल अनित थापाको उपस्थितिमा आधिकारिक रूपमा उद्घाटन गरेकी छन्। नयाँ पूललाई टिस्टा त्रिवेणी पुल भनी नामाकरण गरिएको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





