हंगकंग: दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धू बुधवार यहाँ ३ गेमसम्म चलेको म्याचमा डेनमार्ककी गैर वरीयता प्राप्त लाइन क्रिस्टोफरसनविरुद्ध पराजित भएर हंगकंग ओपन सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टबाट बाहिर भइन्। क्रिस्टोफरसनले सिन्धूलाई २१-१५, १६-२१, १९-२१-ले पराजित गरिन्। यो सिन्धूको २५ वर्षीय क्रिस्टोफरसनविरुद्ध ६ वटा म्याचमा पहिलो हार हो। उनलाई यो हार यस्तो समयमा प्राप्त भयो, जब उनले फर्ममा फर्किएको संकेत दिइरहेकी थिइन्। सिन्धू यसअघि सालको शुरुवातमा स्विस ओपन र जापान ओपनमा पनि शुरुवाती राउण्डमै बाहिर भएकी थिइन्। पहिलो गेममा सिन्धूले ३-१-को बढ़तको साथ असल शुरुवात गरिन् तर क्रिस्टोफरसनले पनि चाँड़ै स्कोर ५-५-को बराबरीमा पुऱ्याइन्। सिन्धूले त्यसपछि आफ्नो खेलको स्तर बढ़ाइन् अनि लगातार पोइण्ट्स बटुलेर पहिलो गेम जितिन्। दोस्रो गेममा पनि भारतीय खेलाड़ी एक समय १३-१२-ले अघि रहेकी थिइन् तर त्यसपछि उनले लगातार ५ पोइण्ट्स गुमाइन्। तेस्रो तथा निर्णायक गेममा दुवै खेलाड़ीले एकार्कालाई कड़ा चुनौती दिइन्। तेस्रो गेममा एक समय स्कोर १९-१९-को बराबरीमा रहेको थियो तर क्रिस्टोफरसनले लगातार २ पोइण्ट्स हासिल गरेर सिन्धूको अभियानमा विराम लगाइन्। यसरी रुतपर्णा पाण्डा र श्वेतपर्णा पाण्डाकी महिला युगल जोड़ीलाई प्री-क्वार्टर फाइनल म्याचमा हंगकंगकी आई की वेनेसा वांग र सुम याउ वोंगकी जोड़ीविरुद्ध केवल २८ मिनटमा १७-२१, ९-२१-ले हारको सामना गर्नु पऱ्यो।