दार्जीलिङ: दुई किस्ता पूजा बोनसको विरोधमा हिल जोइण्ट फोरमले २५ सेप्टेम्बरको दिन भावी कार्यक्रमको खुलासा गर्ने भएको छ।शहरको माल रोड स्थित हाम्रो पार्टीको केन्द्रीय कार्यलयमा हिल जोइण्ट फोरमको सभा सम्पन्न भयो। आयोजित सभामा पहाडको सातवटा श्रमिक संगठनहरूको नेतृत्वहरू उपस्थित रहेका थिए। दुई घण्टा भन्दा लामो समयसम्म चलेको बैठकपछि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले हिज बुद्वबार २१ सेप्टेम्बरको बैठकमा केही न केही खिचडी पाक्छ भन्ने हामीलाई थाहाँ थिएर नै हामीले हिल जोइण्ट फोरमले उक्त बैठकमा अंश ग्रहण नगर्ने निर्णय लिएका हौ तिनले भने। गत केही सालदेखि पहाडको चिया श्रमिकहरूले पूजा बोनस किस्ता पाउँदै आई रहेका थिए।त्यसैकारण गत साल सिलगढीमा भएको त्रिपक्षीय बैठकमा सरकार पक्षले अब उसो पहाडको चिया श्रमिकहरूले किस्तामा पूजा बोनस पाउने छैन भनेर अधिसूचना जारी गरेको थियो तर हिज बुद्वबारको बैठकमा सरकारले जारी गरेको अधिसूचनालाई सरकारी पक्षले नै उल्घंन गर्दै दशै अधि १५ प्रतिशत अनि दिसम्बर महिनामा ५ प्रतिशत पूजा बोनस दिइने अधि सूचना जारी गरेको छ अध्यक्ष गुरूङले भने। सरकारी पक्षबाट जारी गरिएको अधिसूचनासंग हामी हिल जोइण्ट फोरम सहमति छैन अध्यक्ष गुरूङले भने।

आज बसेको हिल जोइण्ट फोरमको बैठकमा सरकारद्वारा जारी गरिएको अधिसूचनासंग सहमति नभएको अनि यसको विरोधमा के कस्तो कदम चलाउनु पर्ने हो भन्ने विषयमाथि सवै श्रमिक संगठनहरूले आ आफ्नो केन्द्रीय कमिटिमा चर्चा परिचर्चा गरेर २५ सेप्टेम्बरको दिन फेरि हिल जोइण्ट फोरमको बैठकमा भावी कार्यक्रमहरूको खुलासा गरिने अध्यक्ष गुरूङले बताए। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले आफुहरूको केन्द्रीय कमिटि साथै ब्रांच कमिटिको बैठक २४ सेप्टेम्बरको दिन डाकेका छौ अनि उक्त बैठकमा यी विषयहरूमाथि गहन चर्चा परिचर्चा गर्ने छौ तिनले भने।