लिभरपूल: भारतीय बक्सर निकहत जरीनले वर्ल्ड बक्सिंग च्याम्पियनशीपमा उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टर फाइनलमा स्थान बनाइन्। दुईपल्टकी वर्ल्ड च्याम्पियन निकहतले महिलाहरूकी ५१ किग्रा ओजन वर्गको बाउटमा जापानकी युना निशिनाकालाई सर्वसम्मत फसेलाले पराजित गरिन्। लड़ाइँमा निकहतको जीत भए पनि निशिनाकाले भारतीय बक्सरलाई कड़ा चुनौती दिइन्। यसबाहेक निकहतलाई क्लिचिंगको निम्ति जापानकी बक्सरमाथि २ अंकको जरिमाना पनि लगाइयो। दुवै बक्सरले आक्रामक शुरुवात गरे पनि निशिनाकाले पनि चाँड़ै ३-२-को बढ़त हासिल गरिन्। दोस्रो राउण्डमा निकहतले असल प्रदर्शन गरिन् तर निशिनाकाले भारतीय बक्सरलाई गर्दनमा पक्रिएर राख्ने प्रयास गरिन्। भारतकी २९ वर्षीय बक्सरले पनि पुनरागमन गर्दै राउण्ड ४-१-ले जितिन्। यो क्रम अन्तिम तीन मिनटमा पनि जारी रह्यो, जहाँ रेफरीले लगातार क्लिञ्चिंगको निम्ति निशिनाकामाथि फेरि पेनल्टी लगायो। निकहतले लगातार बढ़तलाई कायम राखेर तेस्रो वर्ल्ड च्याम्पियनशीप पदकको दिशामा कदम बढ़ाइन्। अब क्वार्टर फाइनलमा निकहतको भिड़न्त दुईपल्टकी ओलम्पिक रजत पदक विजेता तथा २०२२-की वर्ल्ड लाइट फ्लाइवेट च्याम्पियन तुर्कियेकी बुसे नाज काकिरोग्लूसँग हुनेछ। अन्य भारतीय बक्सरहरूमा सुमित कुण्डू (७५ किग्रा), सचिन सिवाच (६० किग्रा) र एशियाई खेलहरूमा काँस्य पदक विजेता नरेन्द्र बेरवाल (९० किग्राभन्दा अधिक) ले प्री-क्वार्टर फाइनलमा हारको सामना गर्नु पऱ्यो।