सिलगढी: रक्तदानलाई धेरैले महादान भनेका छन्।यो सत्य पनि हो।किनकि एक युनिट रगतले कसैले अमुल्य जीवन दान पाउने गर्छ। यसै कुरोलाई मध्यनजर गरी आगामी २४ सेप्टेम्बर (शनिबार) को दिन गोर्खा च्यारिटेबल हस्पिटल, हिमालयन वेल्फेयर अर्गनाइजेसन, कञ्चनजङ्गा फुटबल क्लब सिलगढी तथा सुकुना गेम्स एण्ड स्पोर्ट्स एसोसिएसन को संयुक्त तत्वावधानमा सुकुनास्थित गेम्स एण्ड स्पोर्टस एसोसिएसन भवनमा रक्तदान शिविरको आयोजना गरिएको छ। गोर्खा च्यारिटेबल हस्पिटल तथा हिमालयन वेल्फेयर अर्गनाइजेसनका अध्यक्ष सुरेन प्रधानले यसबारे जानकारी दिएका छन्। उक्त दिन बिहान १० बजीदेखि अपरान्ह १.३० बजेसम्म इच्छुक रक्तदान दाताहरूलाई उपस्थित भइदिने तिनले अपिल गरेका छन्।